News Portal

  • कार्तिक १० गते शनिबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    १७०३ पटक

    आज मिति वि.सं.२०८१ कार्तिक १० गते शनिबार || सन् २०२४ अक्टोबर २६ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    प्रतिष्ठा, मान-सम्मान आदि पाइने समय छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । साथ दिनेहरू बढ्नाले परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । दाजुभाइको सहयोग प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ । अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    रचनात्मक कार्य शुभारम्भ गर्न सकिने दिन छ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहला । इच्छाशक्ति बढ्नेछ भने परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन पनि सक्छ । सन्तानसुख बढ्नेछ । प्रेमभाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समाज वा समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारको सहयोगबाट काम बन्न सक्छ । कुनैपनि समस्याको समाधान निस्कने योग छ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । खर्च केही वृद्धि हुने सम्भावना छ । रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आयबल बढ्नेछ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ भने व्यवसायमा पनि फाइदाको योग छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    कर्मबल बढ्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । आम्दानी प्रशस्तै बढ्ने देखिन्छ । कृषिसम्बन्धी कार्यमा केही समस्या देखिए पनि धन आर्जन हुने योग छ । व्यावसायिक यात्राको सम्भावना छ । रसरागको भाव वृद्धि होला । दाम्पत्यजीवन रमाइलो रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    समय केही चुनौतीयुक्त रहेकोले महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्ने योग छ, सतर्कताका साथ व्यवहार गर्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । प्रयास गरेमा व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । साहसिक काममा आकर्षण बढ्नेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    बोलीको प्रभाव बढ्ने समय छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा केही डरको भाव रहेपनि विभिन्न अवसरले पछ्याउनेछन् । आश मारेको काम बन्ने सङ्केतले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । पराक्रमी कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । महत्वपूर्ण योजनामा गोपनियताप्रति विशेष ध्यान पुऱ्याउनु हितकर हुनेछ । धेरैको मन लोभ्याउन सकिने योग छ । आरोग्यता रहनेछ, दाम्पत्यसुख बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    परिवारजनसँग आत्मीयता बढ्ने समय भएपनि गल्तीबिनै आरोप लाग्न सक्छ, सावधान रहनुहोला । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइने योग छ, बचेर कार्य गर्ने प्रयत्न गर्नुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । साहस वृद्धि र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आजको दिन अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने योग रहेकोले बचेर काम गर्ने प्रयत्न गर्नुहोला । चोरी वा ठगीमा पर्नुबाट जोगिन विशेष सजगता अपनाउनुपर्नेछ । आर्थिक कारोबार गर्दा पनि निकै नै सजगता अपनाउनु हितकर होला । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यस्तता बढ्नेछ । विभिन्न अवसर जुट्ने दिन भएपनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, बोलीमा लगाम लगाउनु उचित होला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...