News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कार्तिक ६ गते मंगलबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    १५६२ पटक

    आज मिति वि.सं.२०८१ कार्तिक ०६ गते मंगलबार || २०२४ अक्टोबर २२ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    सामान्य कामकुरामै समय ब्यतीत भएपनि आजको दिन मनोरञ्जनपूर्ण रहला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ । व्यवसायिक कार्यमा राम्रै लाभ हुने योग छ । पढाइलेखाइमा सुधार आउला । रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    मनमा दोधारको अवस्था सिर्जना हुनसक्ने समय छ । आजको दिन स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु उचित हुनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रामा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । खर्च केही बढे पनि पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह वृद्धि होला ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    ब्यस्त रहनुपर्ने दिन छ । दुर्गमस्थान र टाढाको यात्रा हुने सम्भावना छ, तर आज अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । पारिवारिक सहयोग प्राप्त होला । मित्रजनका साथ मनोरञ्जनपूर्ण जमघट हुन सक्छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिका वा प्रेमीसँग तथा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । आर्थिक कार्यमा आकर्षण बढ्नेछ, कर्मबल वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    परिणाममुखी काममा लगानीको समय छ । कल्पना र भावनामा केन्दित भइने योग रहेकोले कुनैपनि निर्णय संयमताका साथ लिनु हितकर हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्ने समय छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धन प्राप्त हुने सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । कर्मबल बढ्नेछ भने साथीभाइको सहयोग प्राप्त होला । रोकिएको काम बन्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    दिन केही चुनौतीयुक्त रहला । पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन । तथापि, स्वास्थ्य सबल रहनेछ र काममा पनि केही फाइदाकै योग छ । प्रतिकुलताका बाबजुद पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । भाग्यबल बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने दिन छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । पढाइलेखाइमा पनि प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आजको दिन सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    दिन सोचेजस्तो अनुकुल नभएकोले हरेक कदम फुकी–फुकी चाल्नु उचित हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा ध्यान दिनु राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । तर, कसैसँग सामान्य विवाद पनि हुन सक्छ । सवारी साधनको प्रयेगमा विशेष सतर्कता अपनाउनुहोला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । प्रेमभाव बढ्नेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरूको चलखेल बढे पनि तिनलाई परास्त गर्न सकिनेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यस्तता बढ्नेछ । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्वका साथमा सुमधुर सम्बन्ध रहने योग छ । बन्दव्यापारबाट फाइदा हुनेछ, अर्थात् आर्थिक पक्ष सबल नै छ । आजको दिन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु उचित होला । दायित्व पूरा गर्नुहुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    चुनौती र अप्ठ्यारा हटाउन गरिएको प्रयास सफल हुने दिन छ । रमाइलो यात्राको सम्भावना छ र, त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्नेछन् । सामर्थ्य वृद्धि हुनेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    नयाँ कामको जिम्मेवारी हातपर्ने समय छ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ । परिवारमा पाहुनाको चाप बढ्ने तथा अर्काको सेवामा लाग्नुपर्ने योग छ । मिठो भोजन प्राप्त हुने र सुख विलास मिल्ने देखिन्छ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    प्रतिकृया दिनुहोस्

    पहिले साइकलबाट लडाएर खुट्टा भाँचिदिएका काकालाई यसपटक ढुंगा प्रहार गरी हत्या

    दाङ, चैत्र २५ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ गुनापुरमा आइतबार राति एक वृद्धको रहस्यमय मृत्युको...

    रास्वपाले सभापति लामिछानेको गिरफ्तारीमाथि आपत्ति जनाउँदै मानवअधिकार आयोग जाने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्राउ प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय मानवअधिकार आयोगमा...

    सुनको मूल्यमा लगातार गिरावट, चाँदीको भाउमा वृद्धि

    नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। गत शुक्रबारदेखि घट्न थालेको सुनको...

    राप्रपाको विरोध प्रदर्शन बल्खुमा हुने, प्रशासनको निषेधपछि विकल्प रोजियो

    काठमाडौँ, चैत्र २५ – भृकुटीमण्डपमा प्रदर्शनको अनुमति नपाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कार्यक्रम बल्खुमा...

    रवि लामिछाने प्रकरण : थुनामा पठाउन उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देहीमा

    बुटवल, चैत्र २५ – सुप्रिम बचत तथा सहकारी संस्था घोटाला प्रकरणमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र...