News Portal

कंचनपुरको बेलौरीमा संयुक्त वडाध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु

हिमालीसंचार संवाददाता
३४६ पटक

कञ्चनपुर, ०५ कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ र २ को संयुक्त आयोजनामा यस क्षेत्रकै सर्वाधिक धनराशिको वडाध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार सुरु भएको संयुक्त वडाध्यक्ष खुल्ला फुटबल प्रतियोगिताको अध्यक्षता खेल सञ्चालन समितिका अध्यक्ष उपेन्द्र शाही, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथिमा बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, अतिथिमा बेलौरी नगरपालिका वडा  नम्बर १ का वडाध्यक्ष धन बहादुर बिष्ट, वडा नम्बर २ का वडाध्यक्ष कलवीर चौधरी, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्मका गुल्मपति सन्दीप अर्याल, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक देव बहादुर बुडाल, लक्ष्मी माध्यमिक विद्यालय जबदियाका प्रधानाध्यापक वीरेन्द्र सिंह भण्डारी लगायत वडा सदस्य खेलकुदप्रेमी, बुद्धिजीवी समाजसेवीको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगिताको उपाधि हात पार्ने टिमले पुरस्कार स्वरूप रु. २ लाख २२ हजार २ सय २२ रकम सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । उपविजेता टिमले भने रु. १ लाख‌ ६१ हजार १ सय ११ रकम सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताका बेस्ट प्लेयरले रु. ५ हजार पाउनेछन् । त्यस्तै बेस्ट स्कोरर, बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर र राइजिङ् प्लेयरले रु. ३ हजार ५ सय पाउनेछन् । म्यान अफ दि म्याचले रु. १ हजार १ सय पाउने छन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलवीर चौधरीले कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन्न गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि बेलौरी नगर खेलकुद समितिका अध्यक्ष न्यौपानेले प्रतियोगितालाई अनुशासित र मर्यादित गरी सञ्चालन गर्नमा सबैले सहयोग गरी सम्पन्न गर्न शुभकामना दिनुभएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले बेलौरी नगरपालिकाले खेलकुदका लागि आवश्यक बजेट विनियोजित गरेको बताउँदै आगामी दिनमा बेलौरीमा खेलाडी उत्पादन गर्ने गरी अगाडि बढाउने बताउनुभयो।

प्रतियोगितामा २१ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । वडा नम्बर २ स्थित गोकुलपुरमा रहेको खुला मञ्चमा सञ्चालन भएको प्रतियोगिताको समुद्घाटन भेट्रान खेल बेलौरी नगरपालिकाका कर्मचारी र बेलौरी नगरपालिका वडा नम्बर १ र २ का खेलाडी बिच भएको थियो । उक्त खेलमा बेलौरी नगरपालिकाले १ गोलका विरुद्ध ४ गोल गर्दै विजयी भएको थियो । आजै भएको प्रतियोगितात्मक पहिलो खेलमा बेलौरी नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ बिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा वडा नम्बर २ ले १ गोल गर्दै जीत सुरुवात गरेको छ । कार्यक्रम सञ्चालन बेलौरी नगरपालिका वडा नम्बर १ खेलकुद विकास समितिका सचिव गजेन्द्र पन्तले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...