News Portal

  • बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिना कहिलेसम्म भारतको पाहुना ?

    हिमालीसंचार संवाददाता
    २२२ पटक

    एजेन्सी। करिब अढाई महिनाअघि बंगलादेशको सत्ता छाडेर भारततिर पलायन भएर शेख हसिना सेनाको विमानबाट दिल्लीनजिक भारतीय वायुसैनिक अखडामा ओर्लिएकी थिइन्।

    त्यसपछि उनी सार्वजनिक रुपमा देखिएकी छैनन्। सामाजिक सञ्जालमा पनि उनका कुनै तस्वीर आएका छैनन्। दिल्ली पुगेपछि हसिना र उनीसँगै रहेकी बहिनी शेख रिहाना कहाँ र कस्तो अवस्थामा छन् भन्ने केही जानकारी छैन।

    यद्यपि भारतले गत शुक्रवार हसिना अहिले पनि भारतमै रहेको जानकारी औपचारिक रुपमै दियो। शेख हसिना संयुक्त अरब इमिरेट्स या मध्य पूर्वको कुनै देशमा जाने विषय पूर्ण रुपमा निराधार रहेको उल्लेख गर्दै भारतले पनि उक्त कुराको पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ।

    कहिलेसम्म भारतमा पाहुना ?

    हसिनाको मामिलामा भारतले पूर्ण गोपनीयता कायम गर्दै मौन बसेको छ तर उनलाई कति दिनसम्म भारतमा ‘पाहुना’ राख्ने भन्ने स्पष्ट भएको छैन।

    साउथ ब्लकका एक शीर्ष अधिकारी भारतले हसिनालाई लामो समयसम्म बस्ने अनुमति दिन विस्तारै विस्तारै मानसिक रुपमा तयार भइरहेको धारणा राख्छिन्। ‘यो एउटा लामो यात्रा हुने देखिन्छ‚’ उनले भनिन्।

    धेरै वर्षअघि जसरी तिब्बती धर्मगुरु दलाई लामा र अफगानिस्तानका राष्ट्रपति मोहम्मद नजिबुल्लाहलाई सपरिवार राजनीतिक शरण दिइएको थियो, शेख हसिनाका सम्बन्धमा पनि त्यस्तै हुनसक्छ ? भन्ने प्रश्न उठ्छ।

    भारतको नजरमा उनी तत्कालका लागि एउटी सम्मानित अतिथि हुन् जो, विशेष परिस्थितिमा बाध्यताले दिल्ली पुगिन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

    भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग...

    नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

    काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६...

    मन्त्री बन्ने तयारीमा खगेन्द्र सुनार दुई मुद्दामा फरार अभियुक्त भएको खुलासा

    काठमाडौं, कार्तिक ९ – अन्तरिम सरकारको मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारमाथि दुईवटा मुद्दामा फरार अभियुक्तको...

    जेनजी आन्दोलनबाट भएको क्षति सरकारले व्यहोर्ने: अर्थमन्त्री खनाल

    काठमाडौं, कार्तिक ९ – अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा...

    आज २०८२ साल कार्तिक ९ गतेको राशिफल

    आज कार्तिक ९, २०८२ (अक्टोबर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...