News Portal

“भ्रष्ट एमालेलाई रु.१ सहयोग” भन्दै विरोध प्रदर्शन

हिमालीसंचार संवाददाता
२०१ पटक

काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले भ्रष्ट एमालेलाई रु.१ सहयोग भन्दै विरोध प्रदर्शन गरेको छ।

नेकपा एमालेको पार्टी कार्यालय निर्माणको लागि रु.१ सहयोग सङ्कलन भन्दै अखिल क्रान्तिकारीले आइतबार नेपाल ल क्याम्पस अघि साङ्केतिक विरोध प्रदर्शन गरेको हो।

उक्त प्रदर्शनीमा एमाले पार्टी कार्यालय निर्माण गर्न आम जनताबाट प्रतिकात्मक रूपमा रु.१ उठाइएको छ।

प्रदर्शनकारीहरूले ‘भू माफिया प्रधानमन्त्री केपी ओली’, ‘भ्रष्ट एमालेलाई रु. १ सहयोग’, ‘तपाई जनताको प्रधानमन्त्री की भ्रष्ट व्यापारीको ?’, ‘महाकाली सम्धीले अझै पुगेन प्रधानमन्त्री ज्यु, कति भ्रष्टाचार गर्छौ ?’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका छन्।

भाटभेटनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाइदिने भनेपछि अखिल क्रान्तिकारीले कमिसनमा मोलाहिजा भएको भन्दै विरोध जनाएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...