News Portal

सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन सूरू

हिमालीसंचार संवाददाता
३११ पटक

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन सूरु भएको छ।

सहकारी ठगीको बहानामा रवि लामिछानेमाथि राजनीति प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाका नेता कार्यकर्ता सहित समर्थकहरु प्रदर्शनमा जुटेका छन्।

प्रदर्शनका लागि पोखराको मानवअधिकार चोकमा मानिसहरु जम्मा भैरहेका छन्। साथै सहकारी ठगीमा प्रत्यक्ष जोडिएका नेपाली कांग्रेस र एमालेका नेताहरुलाई पक्राउ माग गर्दै नाराबाजी समेत गरेका छन्।

भर्खरै सूरु भएको प्रदर्शन प्रहरी कार्यालयसम्म पुग्ने जनाइएको छ। रास्वपाले पोखरा सहित काठमाडौँ, चीतवन तथा देशका मुख्य ठाउँहरुमा प्रदर्शन गर्ने जनाएको छ।

साथै विभिन्न जिल्ला विहानैबाट लामिछाने पक्राउको विरोधमा प्रदर्शन भैरहेका छन्। पोखरामा प्रहरीले निकै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

काठमाडौँमा भने दिउसो १ बजेबाट प्रदर्शन हुने रास्वपाका नेताहरुले जनाएका छन्। शुक्रबार पक्राउ गरि पोखरा लैजाने क्रममा राजमार्गका विभिन्न ठाउँमा ठुुलो सख्यामा उपस्थित भएका समर्थकहरुले रवि लामिछानेको पक्षमा नाराबाजी गरेका थिए।

मुग्लीन बजारमा प्रदर्शनमा उत्रिएका समर्थकहरुलाई प्रहरीले लाठी चार्ज समेत गरेको थियो। अहिले सामाजिक संजालमा समेत रवि लामिछानेप्रति सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध भैरहेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...