News Portal

कार्तिक ३ गते शनिबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
९२५ पटक

आज मिति वि.सं.२०८१ कार्तिक ०३ गते शनिबार || ई.सं.२०२४ अक्टोबर १९ तारिख || नेपाल सम्बत ११४४

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनुकूलता वृद्धि हुने दिन छ । बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने सकिएला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदा हुनेछ । नियमित काममा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्ला । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्ने योग छ । रोकिएको काममा सफलता मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ । तर, धेरै श्रमपछि कममात्र प्रतिफल पाइने योग छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता पनि चोरी वा नष्ट हुने सम्भावना रहेकोले सचेत रहनुहोला । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको दायित्व र परिवारजनमा खर्च बढ्ने समय रहेकोले आजको दिन उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला । यसका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ । बौद्धिकताले समस्या समाधानमा सघाउ पुग्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दौडधुप तथा ब्यस्तता बढ्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । रोकिएका काम सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने तथा प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ । व्यापारमा लाभ नै हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतको श्रमबाट धन लाभ हुने समय छ । आत्मविश्वास बढ्नेछ भने विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने योग छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइएला । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आरोग्यता रहनुका साथै रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । पारिवारिमा सुखको माहोल बन्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठित काम गर्ने मौका मिल्ने तथा काममा सहयोग प्राप्त हुने समय छ । अरूलाई प्रभावित पारेर कार्यसिद्धि गर्न सकिएला । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । टाढिएका आफन्तजन नजिकिने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । बेकारको भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, सचेत रहनुहोला । तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । प्रेमभाव बढ्ला । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय भएपनि विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । इष्टदेवको पूजा–उपासना गर्नाले समस्यामा केही राहत मिल्ला । आजको दिन केही विवादमा समेत परिने योग छ, सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । दाम्पत्य जीवन सुखद रहने देखिन्छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । खर्च र व्यस्तता बढ्ने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काममा हात हाल्ने तथा स्थायी सम्पत्ति जोड्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । आर्थिक अभावले भने अलिक सताउनेछ । महत्वपूर्ण काममा मातापिताको सहयोग प्राप्त हुनेछ । कृषि-चौपायाबाट लाभ मिल्नेछ । खेलकुद र भ्रमणमा आकर्षण रहनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिश्रम परे पनि काममा सफलता नै मिल्ने दिन छ । आर्थिक उपार्जनमा सुधार आउला । भाग्योन्नतिको समय रहेकोले सहयोगीहरूले साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । आरोग्यपन र सुख वृद्धि हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन मनोरञ्जनपूर्ण रहनेछ, आम्दानी बढ्ने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । अलिक बाध्यताका काममा जुट्नुपर्ने योग छ । तथापि, प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने योग छ । कृषिसम्बन्धी कार्यमा खर्च बढ्ला । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव वृद्धि हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर आउला, मौकाको लाभ उठाउने प्रयत्न गर्नुहोला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...