News Portal

दल विभाजनको अध्यादेश ल्याउने तयारी, आकस्मिक मन्त्रिपरिषदले के गर्ला ?

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशबारे प्रस्ताव जाने सम्भावना रहेको छ।

तत्कालका लागि नेपाली कांग्रेस यस अध्यादेशमा सहमत छ या छैन भन्ने विषयको टुङ्गो लागेको छैन।

यस्तो प्रस्ताव गृहमन्त्रालयबाट जानुपर्ने भएकाले कांग्रेस सभापति शेरबहादुर देउवानिकट रमेश लेखकले के गर्छन् भन्नेमा भर पर्नेछ।

उच्च स्रोतले भन्यो,‘देउवाको सहमति भएको खण्डमा दल विभाजनसम्बन्धी अध्यादेश जारी हुनेगरी मन्त्रिपरिषदले निर्णय गर्न सक्छ। तर, कांग्रेस अझै स्पष्ट खुलिनसकेका कारण यो सम्भावित मात्र छ।’

यस्तो अध्यादेश आउन सक्ने भएपछि प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रसहित रास्वपा अनि सत्ता पक्षीय साना दल नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि बैठकमा जुटेका थिए।

उक्त बैठकमा यस विषयमा चर्चा भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...