News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कार्तिक २ गते शुक्रबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    ३४६ पटक

    आज मिति वि.सं.२०८१ कार्तिक २ गते शुक्रबार || ई.सं.२०२४ अक्टोबर १८ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने र धैर्यले काम लिने समय छ । केही चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । आजको दिन सन्तान एवम् अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काममा सफलता मिल्नेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    शुभता वृद्धि हुनेछ । समय उत्साहवर्द्धक एवम् मनोरञ्जनपूर्ण रहला । व्यापार–व्यवसायमा विशेष लाभ लिन सकिनेछ । पितृधनसमेत लाभ हुने योग छ । नयाँ व्यवहारिक ज्ञानप्राप्ति होला । व्यावसायिक यात्राको सम्भावना छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याहरू समाधान हुनेछन् । यात्रापरक काम बन्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि श्रमको उचित मूल्यांकन प्राप्त होला । पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । आजको दिन प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, ध्यान राख्नुहोला । विशेष कार्यको प्रयत्न गर्दा गोप्यतामा ध्यान दिनु हितकर हुनेछ । शत्रुपक्ष कमजोर रहनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दौडधुप बढ्नेछ । आजको दिन सहयोगीजनले नै तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौतीका बाबजुद व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    विगतका कमजोरीलाई सुधार गर्दै कार्यगति बढाउने दिन छ । कृषि तथा पशुपालनमा खास लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । भूमि तथा मातृधनबाट पनि लाभ मिल्नेछ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यसफलता मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    साहस र सुख वृद्धि हुने समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने अवसर जुर्नेछ भने रोकिएका काम सम्पादन हुनेछन् । नयाँ जिम्मेवारी हातपर्ने सम्भावना छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । पशुपालन तथा कृषिक्षेत्रबाट भने सामान्यमात्र लाभ प्राप्त हुने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । तर, स्वास्थ्यगत कमजोरी महसुस भएपनि आज जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । लेनदेनमा विवाद आउने योग छ, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला । साहसिक काममा आकर्षण रहनेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यस्तता बढ्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । प्रयास गर्दा रोकिएका काम बन्नेछन् भने नयाँ काममा अघि बढ्ने योग छ । केही मात्रामा खर्च बढ्नेछ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषिकर्म र चौपायाको व्यवसायमा रहनेका लागि लाभप्रद दिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्नेतर्फ सचेतना रहनु हितकर होला । रोकिएको काम मिहिनेतले बन्नेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आरोग्यबल र प्रेमभाव बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । आज उत्साहमा केही कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्यजीवन सुखद र समृद्ध बन्ने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । व्यावसायिक काममा खर्च बढेपनि सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा केहीमात्र फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले समस्या थपिने देखिन्छ, सचेत रहनुहोला । तथापि, नियमकानूनले तपाईंलाई नै साथ दिनाले समस्याको समाधान मिल्नेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    स्वास्थ्यमा केही कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि, काममा सफलता मिल्नेछ । कुनै अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायबाट खास लाभ उठाउन नसकिने देखिन्छ । चुनौतीका बाबजुद प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्न सक्छ । रचनात्मक कार्यमा गति बढ्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    विभिन्न अवसले पछ्याउने दिन छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना पनि देखिन्छ । काममा केही चुनौती देखिए पनि धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रेमको बन्धन कसिने योग छ । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    प्रतिकृया दिनुहोस्

    नवीकरण नगरेपछि सेवा रेमिटको इजाजतपत्र खारेज, कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौँ। समयमा नवीकरण नगरेका कारण सेवा रेमिटको इजाजतपत्र खारेज भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार...

    दल विभाजनको अध्यादेश ल्याउने तयारी, आकस्मिक मन्त्रिपरिषदले के गर्ला ?

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशबारे प्रस्ताव जाने...

    रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, विपक्षी दलको बैठकमा के भयो छलफल ?

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाबारे विपक्षी दलको वैठकमा छलफल...

    लेबनानमा नेपाली सुरक्षित, तर त्रासमा

    बेरुत। लेबनानसँगको कूटनीतिक मामिला हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा रहेका नेपालीसँग आफूहरू...

    दुर्घटना गराउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने आनाकानी

    रंगेली–  ईलाका प्रहरी कार्यलय रंगेलीले घटना गराउने चालक र माेटरसाईकललाई सात दिन बितिसक्दा समेत नियन्त्रण...