News Portal

दूतावासको काम श्रमिकको समस्याको समाधान गर्ने कि फिल्म प्रचारप्रसार गर्ने ?

हरि बानियाँ
४४६ पटक

कुवेत – नेपाली दुताबास साउदी अरबले आफ्नो आधिकारिक पेजबाट फिल्मको प्रचारप्रसार गरेर विवादित भएको देखिन्छ। साउदी अरबमा  रहेको नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको सेवा दिने हेतुले खाेलेकाे नेपाली दुतवास साउदीले यतिबेला नेपाली फिल्मकाे बिज्ञापन गरेर विवादित भएको देखिन्छ।

दूतावासकै आधिकारिक फेसबुक पेजमा फिल्मको प्रचारप्रसार गरेपछि नेगेटिभ कमेन्ट ९८% देखिन्छ। साउदी अरब नेपाली दूतावासले आफ्नो फेसबुकको आधिकारिक पेजबाट अक्टोबर १७ बाट साउदी अरबको विभिन्न शहरमा नेपाली चलचित्र छक्का पञ्जा एकैसाथ प्रदर्शन हुने छ भनेर विज्ञापन छ ?

नेपाली दूतावास साउदी अरबले फिल्म प्रचारप्रसार गरेर के राम्रै काम गरेको हो त भनेर जनमानसमा एउटा प्रश्न चिन्ह खडा भइरहेको छ।

कतिपयले त कमेन्टमा यस्तो भनेका छन् नेपालीको समस्याको समाधान गर्न नसक्ने तर आफ्नो दूतावासको आधिकारिक पेजबाट फिल्म हेर्न आउ भनेर साउदी अरबमा रहेको नेपालीलाई सूचना दिने साउदी स्थित नेपाली दूतावास साउदीले काम कारबाही माथि नै पब्लिकको एउटा प्रश्न चिन्ह खडा भएको छ।

श्रमिकको समस्याकाे आवाज उठाउने एउटा नेपाली दूतावासले व्यवसायिक रुपमा चलेको फिल्मको प्रचारप्रसार गर्नु नै एउटा दुर्भाग्य हो।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...