News Portal

  • मोरङको रंगेली नगरपालिका खुल्ला दिशामुक्त घाेषणा

    हिमाली संचार संवाददाता
    ५३० पटक

    रबिन्द्र बराल : मोरङको रंगेली नगरपालिकाले अाफ्नाे नगर भित्र खुल्ला दिसा मुक्त घाेषणा गरेको छ । नेपाल सरकारले २०१७ सम्मा नेपाललाई खुल्ला दिशामुक्त घाेषणा गर्ने लक्ष्य लिए पनि उक्त कार्यक्रम समयमै सम्पन नभएपछि त्यसलाई पुनः नेपाल सरकारले अाफ्नाे कार्यक्रमलाई निरन्ता दिएकाे थियोे ।

    बिहीबार नगरपालिका काे सभा हलमा एक कार्यक्रम काे अायाेजना गरि खुल्ला दिशा मुक्त घाेषणा गरेको छ । नगरपालीकाले खुल्ला दिसापिसाव मुक्त नगरका लागी आवश्यक सुचक पुरा गर्दैे खुल्ला दिसापिसाव मुक्त नगरको रुपमा स्थापना गर्न सफल भएको छ ।

    प्रतिनिधी सभा सदस्य एव पुर्वआपुर्ती मन्त्री शिवकुमार मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मागरले प्रतिवेदन प्रस्तुत गर्दे नगरलाई खुल्ला दिशापिसाव मुक्त नगरपालीका घोषण गरीएको जानकारी गराएका थिए । शिवकुमार मण्डलले खुल्ला दिशापिसाव मुक्त नगरको व्यानरमा हस्ताक्षर गर्नु काे साथै सहभागी मेयर, उपमेयर, वडाध्यक्ष जनप्रतिनिधी सहित विभिन्न सघ संस्थाहरुका प्रतिनिधीहरुले समेत सामुहीक प्रतिवद्धता पत्र व्यानरमा हस्ताक्षर गरेका थिए।

    कार्यक्रममा प्रदेशसभा सदस्य लिला बल्लभ अधिकारी, ज्ञानेश्वर राजवंशी, जिल्ला समन्वय समिति माेरङका प्रमुख एवम् जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छ समन्वय समितिका अध्यक्ष नरेश कुमार पाेख्रेल, रमेश कुमार केसी, नगरपालिका उपमेयर केशब कुमारी खराल, रंगेली नगरपालिका प्रसासकिय अधिकृत, संयुक्त राष्ट्रसंघीय निकायका यू.एन हयाबिट्याटका झापा, माेरङ, सुनसरी का संयाेजक विनाेद शर्मा, मातृभुमि महिला समाजका कार्यकारी निर्देशक चन्द्र बहादुर बिष्ट, सामुदायिक विकास समाजका अध्यक्ष गंगा प्रसाद यादव, मातृभुमि महिला समाज माेरङका जिल्ला संयाेजक शान्ता दहाल, वडाध्यक्ष रामचन्द्र मंन्डल, धन्शयाम पनेरु, महान्नद मंन्डल, जितनारायण खवास लगायतकाे उपस्थित रहेको थियोे ।

    उक्त कार्यक्रम रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाकाे अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियोे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २७ गतेको राशिफल

    आज असार २७, २०८२ (जुलाई ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

    मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद...

    त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

    चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात...

    किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

    काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो...

    कांग्रेसको अनुशासन कारबाहीलाई लिएर आन्तरिक तनाव, शेखर समूहको विरोध : ‘प्रतिशोधी कदम, मान्य हुँदैन’

    काठमाडौं, असार २६ – नेपाली कांग्रेसभित्र अनुशासनकाे विषयले फेरि अन्तरविरोध चर्किएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई...