News Portal

असोज ३० गते बुधबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
१३९१ पटक

आज मिति वि.सं.२०८१ असोज ३० गते बुधबार || सन् २०२४ अक्टोबर १६ तारिख || नेपाल सम्बत ११४४

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ने देखिन्छ, तर रचनात्मक कामबाट आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आयआर्जनका विभिन्न स्रोत भेटिनेछन् भने व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने योग छ । नयाँ दायित्व प्राप्त हुनेछ । आरोग्यता रहनेछ । बौद्धिक एवम् सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कर्मयोग अभिवृद्धि हुने समय छ । जोखिम घट्नेछ भने सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । पिकनिक वा खानपान समारोहमा सरिक हुने अवसर जुर्न सक्छ । व्यवसाय र खासगरी कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । पैत्रिक सम्पत्तिमा विवाद तथा भागबन्डाको योग छ । सहकर्मीहरूबीच प्रतिस्पर्धा बढ्ला । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने देखिन्छ । अभिभावकका बारेमा मनमा चिन्ता जागृत होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दौडधुप वृद्धि हुने दिन छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय भएपनि राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउला । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । आफ्नो कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आश मारेको काम बन्नाले उत्साह बढ्ने समय छ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । तर, पारिवारिक समस्याहरू देखापर्न सक्ने योग छ । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नसक्छ, सचेत रहनुहोला । चुनौतीका बाबजुद परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । तर विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने योग छ । आरोग्यता रहनेछ । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ भने रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । रोकिएका कामहरू बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानीको योग छ । तर, स्वास्थ्यगत समस्याले सामान्यरूपमा सताउन सक्छ । कार्यबोझ वृद्धि हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षमता वृद्धिका साथै परिवारिक सुख बढ्ने दिन छ । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्राको कार्यमा सफलता मिल्न सक्छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिने समय छ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ, ध्यान राख्नुहोला । अनुकूल स्थानान्तरणको पनि योग छ । भाग्यबल बढ्नेछ । हाँसखेल तथा रसविलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यस्तता वृद्धिका साथ कार्यगति बढ्नेछ । आफन्तजनको सहयोग समर्थन मिल्नेछ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ, ख्याल राख्नुहोला । सन्तानपक्षबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन्, तर स्वास्थ्यगत समस्या र आफन्तबीच केही असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्न सक्छन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल रहने देखिन्छ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरै परिश्रम तथा ठुलो लगानीबाट कममात्र लाभ मिल्ने समय छ । घरायसी खर्च पनि वृद्धि होला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने योग छ । शिक्षा तथा अध्ययन-अध्यापन कार्यमा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर जुर्न सक्छ । जीवनसाथी र सन्ततिका तर्फबाट लाभ मिल्ने सम्भावना छ । पराक्रम वृद्धिका साथै दायित्व पनि बढ्नेछ । धैर्य र विवेकले काम गर्नु उचित हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कर्मबल बढ्नेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुने समय छ । विश्वासमा पारेर धोका दिनेहरूले सताउन खोजेपनि साथीभाइले साथ दिनेछन् । पढाइलेखाइमा अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार हुनेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आरोग्यता र सुख बढ्नेछ । रसरागको भाव वृद्धि होला । परिश्रमबाटै घर-जग्गा वा स्थिर सम्पत्ति जोड्ने योग छ । सामाजिक प्रतिष्ठा बढ्नेछ भने मानसम्मान पाइनेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले महत्वपूर्ण काम सहजै सफल हुने देखिन्छ । तर साझेदारीको काममा भने खटपट पर्न सक्छ, सावधान रहनुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ भने रसरागको भाव वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भाग्य बलवान् रहनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । उद्योग तथा व्यापारमा पनि राम्रै लाभ मिल्ने देखिन्छ । रसरागमा आकर्षण बढ्ला । मनअनुकूलको काम बन्नेछ । आशा उत्साह बढ्नेछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...