News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • असोज २७ गते आईतबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    ४२५ पटक

    आज मिति वि.सं.२०८१ असोज २७ गते आईतबार || ई.सं.२०२४ अक्टोबर १३ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    प्रतिस्पर्धामा केही कमजोर सावित भइने दिन छ । चिताएको काममा सफलता नमिल्न सक्छ, तर हतास हुनु आवश्यक छैन । नजिकका साथीभाइहरु रुष्ट हुन सक्छन्, व्यवहारमा सावधानी अपनाउनुहोला । काममा कठिनाइ सहनुपरे पनि मिहेनतले सकारात्मक परिणम दिलाउन सक्छ । आज यातायातका साधनबाट विशेष जोगिएर रहनु हितकर हुनेछ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    पारिवारिक कामका बोझ केही बढेपनि आज आयआर्जन सन्तोषजनक रहने छ । रुचिका विषयमा लगानी बढाउन सकिने समय छ । नसोचेको ठाउँबाट आम्दानी हुने योग छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रसरागका कर्ममा मन जाला । जोखिममा नपर्नु बेस रहनेछ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख वृद्धि हुनेछ ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा पुग्ने समय छ । काममा जोश जाँगर आउनाले मन प्रफुल्ल रहला । सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । आर्थिक लाभ हुने योग छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि रमाइलो भेट होला । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन केही चुनौतीयुक्त हुने देखिन्छ । वादविवादमा पर्ने सम्भावना भएकोले एकदमै सावधान रहनुहोला । अनायसै रुपैयाँपैसाको पनि क्षति हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिएला । परिवारजनमा असमझदारी बढ्न सक्छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । रसरागमा आकर्षण बढ्ने समय छ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । कतै मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । नोकरीमा भने झमेलाको सामना गर्नुपर्ला । रसरागको कार्यमा आकर्षण बढ्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यस्तता वृद्धि हुनेछ, तर आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने समय छ । मान–सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ भने सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । सोचेको काम बन्नाले मन हर्षित हुनेछ । मान्यजनको आगमन र भेटघाट हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइने योग छ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कुनै नयाँ कामको स्रोत फेलापर्ने दिन छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख वृद्धि होला । जागिरे काममा भने समस्या देखापर्ने योग छ । आरोग्यबलका साथै पराक्रम बढ्नेछ । कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    मिहिनेतले रोकिएको काम बन्ने समय भए पनि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने सम्भावना छ । भौतिक साधनको क्षति हुने योग रहेकोले सावधानी अपनाउनुहोला । आज तपाईंको सोच्दैनसोचेको ठाउँमा धन खर्च हुन सक्छ, ध्यान राख्नुहोस् । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा विशेष सावधानी अपनाउनु उचित होला ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    दैनिक कामकाज सजिलै सम्पन्न हुने तथा रोकिएका कामहरु बन्ने दिन छ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । कृषिकार्यबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै ब्यापार–ब्यावसायबाट राम्रो लाभ लिन सकिने योग छ । । आरोग्यता बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    दिन शुभदायी छ । प्रशंसकहरू बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि राम्रै लाभ हुने देखिन्छ । व्यावसायिक काममा फड्को मार्न सकिने समय छ । काम गर्न जाँगर चल्नाले धनलाभ पनि होला । समग्रमा दिन रमाइलो साथ बित्नेछ । खेलकूद तथा भ्रमणादिमा आकर्षण बढ्नेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । टाढाको यात्राबाट धनप्राप्त हुन सक्छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । नवीन प्रकारको अवसर आउन सक्छ, तर विचार गरेर मात्र नयाँ काम सुरु गर्नु उचित होला । कतै टाढाको यात्राको सम्भावना छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आजको दिन स्वास्थ्यगत कमजोरीले सताउला । घरायसी पीडाले मनमा डेरा जमाउन सक्छ । अनावश्यक रुपमा पैसा खर्च हुनाले काम गर्नमा खासै मन नजाला । भौतिक साधनको क्षति हुन सक्ने योग छ, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ।

    प्रतिकृया दिनुहोस्

    ७ लाख ४० हजार अफगान शरणार्थी स्वदेश फर्किए

    काबुल। शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिव...

    इजरायलको हवाई आक्रमणमा २१ जनाको मृत्यु

    लेबनान। उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ८ जना...

    असोज २९ गते मंगलबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ असोज २९ गते मंगलबार || सन् २०२४ अक्टोबर १५ तारिख || नेपाल...

    कुवेतको सुदुरपश्चिमेली नेपाली समाजले गर्यो सरिता जैशीका परिवारलाई आर्थिक सहयोग

    कुवेत सिटी, कुवेत। सुदुरपश्चिमेली नेपाली समाज कुवेतले अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग गरेको छ।...

    गौतमबुद्ध विमानस्थलबाट फ्लाई दुबई, जजिरा र एयर एसियाले उडान गर्दै

    काठमाडौँ। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने...