News Portal

ओली र देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन

हिमालीसंचार संवाददाता
५१० पटक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन गरेका छन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले यो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र बढाउने भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्ने बताए।

उनले पैसा भएपछि त्यसको सदुपयोग र नयाँ सोचसहित उद्यमशीलता र व्यासायिकताको विकास हुनेगरी काम गर्नुपर्ने बताउँदै यस्ता होटेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उल्लेख गरे।

मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थललाई राम्रोसँग चलाएपछि पर्यटन क्षेत्र थप मजबुद हुने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र तथा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी भएको उल्लेख गर्दै आफूहरूले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न अहिले राजनीतिक सहकार्य गरिएको बताए।

पूर्वप्रधानमन्त्री देउवाले सुन्दर ठाउँमा स्थापित अन्तर्राष्ट्रिय चेन होटलका रूपमा रहेको सो रिसोर्टको अत्याधिक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्ने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्ने सन्देशसहित पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए।

अध्यक्ष विनिता थापा खड्काले बीस रोपनी जग्गामा ३ अर्ब ५७ करोडको लगानीमा १०४ कोठाको रिसोर्ट निर्माण भएको जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...