News Portal

  • ओली र देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन

    हिमालीसंचार संवाददाता
    ३१९ पटक

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन गरेका छन्।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले यो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र बढाउने भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्ने बताए।

    उनले पैसा भएपछि त्यसको सदुपयोग र नयाँ सोचसहित उद्यमशीलता र व्यासायिकताको विकास हुनेगरी काम गर्नुपर्ने बताउँदै यस्ता होटेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उल्लेख गरे।

    मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थललाई राम्रोसँग चलाएपछि पर्यटन क्षेत्र थप मजबुद हुने उनको भनाइ थियो।

    प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र तथा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी भएको उल्लेख गर्दै आफूहरूले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न अहिले राजनीतिक सहकार्य गरिएको बताए।

    पूर्वप्रधानमन्त्री देउवाले सुन्दर ठाउँमा स्थापित अन्तर्राष्ट्रिय चेन होटलका रूपमा रहेको सो रिसोर्टको अत्याधिक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्ने बताए।

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्ने सन्देशसहित पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए।

    अध्यक्ष विनिता थापा खड्काले बीस रोपनी जग्गामा ३ अर्ब ५७ करोडको लगानीमा १०४ कोठाको रिसोर्ट निर्माण भएको जानकारी दिइन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...