News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • हजारौंलाई बचाएका गुल्मीका मल्लले आफैंलाई बचाउन सकेनन, कांग्रेसको झण्डा ओढार गरियो अन्त्येष्टी

    हिमाली संचार संवाददाता
    ६२३ पटक

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले हजारौंको संख्यामा रोगबाट मृत्युको मुखमा पुगेका विरामीलाई पुनर्जन्म दिदै आएका धर्मेन्द्र कुमार मल्लले अन्तत् आफैंलाई बचाउन नसकेको बताएका छन् ।

    गुल्मी जिल्लाको नयाँ गाउँमा जन्मीएर वामी टक्सारमा लामो समय मेडिकल हल चलाउँदै आएका धर्मेन्द्र मल्लको बुधबार बिहान प्याङ्क्रीयाजको क्यान्सरबाट निधन भएको थियो। केन्द्रीय सदस्य भण्डारीले मल्लको शवमा नेपाली कांग्रेसको झण्डा ओढाउँदै समाजमा धेरै जिवित मान्छेहरु मरेतुल्य हुन्छन् भने कति मान्छेको मृत्यु पछिपनि जिवित रहने गरेको बताउँदै त्यस्तै कोटीमा समाजसेवी मल्ल पर्ने बताएका थिए।

    ६५ वर्षिय मल्ल एक महिना अघि बिरामी भएको महसुस गरी भारतको राजिवगान्धी अस्पतालमा चेकजाँच गर्दा क्यान्सर भएको पत्ता लागेको थियो। नेपालमा पहिलो पटक समुदायबाट विद्युत उत्पादन गरेका मल्ल दरमखोला लघुविद्युतका अध्यक्ष रहेका थिए।

    वामी टक्सार लगाएत बाग्लुङको दघा, दुनडाँडा, गुल्मीकै मुसिकोट, वडागाउँ, पौदीअमराई, कुर्घालगायतका विभिन्न ठाउँमा शिक्षा, स्वास्थ्य जस्ता सामाजिक काममा सहयोग गर्दै आएका मल्लको अनुहारमा जति चमक र उज्यालो देखिन्थ्यो उनको चिन्तनले वामी टक्सारबासीलाई बिजुलिको उज्यालो दिएका थिए।

    मल्लकी ९४ वर्षिय आमा जिवित रहेकी छन्। उनका श्रीमती र दुई छोरा छन्। दुई छोरा मध्ये जेठा छोरा धिरेन्द्र मल्ल पेशाले चिकित्सक हुन्। उनी ललितपुर स्थित मेडिसिटी अस्पतालमा कार्यरत छन् भने अर्का शैलेन्द्र मल्ल बेल्जीयममा रोजगारीका सिलसिलामा कार्यरत छन्।

    मल्लकी श्रीमती विजया कुमारी मल्लले उनलाई समाजसेवामा लाग्न प्रेरणा दिने गरेको मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्ले बताउँछन्। मल्लको पार्थिव शरीरलाई दुई छोराले दागबत्ती दिएर बुधबारनै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो।

    मल्लको अन्त्येष्टीमा नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति चन्द्र केसी, पूर्व क्षेत्रीय सभापति दामोदर भुसाल, राप्रपाका नेता भरत चन्द, शिक्षावीद् हिरामणी अर्याल, भिमलाल सापकोटा, जनमोर्चाका नेता मोहन श्रेष्ठ, समाजसेवी कृष्ण प्रसाद सापकोटा, संगितकार विजु बज्र, खगेश्वर सापकोटा लगाएत थुप्रै शुभचिन्तकको उपस्थिती रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    शंखरापुरको सानागाउँमा पारिवारिक बिवादले लियो ज्यान, श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

    काठमाडौं, वैशाख १० – काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित सानागाउँमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ।...

    एनआरएनएको निर्वाचन तयारीमा निर्वाचन समिति सक्रिय

    काठमाडौं, वैशाख १० – यही वैशाख २० देखि २२ गते (मई ३–५, २०२५) सम्म काठमाडौंमा...

    आजको राशिफल

    आज वैशाख १०, २०८२ (अप्रिल २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै...

    १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको...