News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • असोज २० गते आईतबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    ४०० पटक

    आज मिति वि.सं.२०८१ असोज २० गते आईतबार || ई.सं.२०२४ अक्टोबर ६ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । कसैसँग बिनाकारण विवाद वा झैझगडा हुन सक्छ, सचेत रही व्यवहार गर्नुहोला । लेनदेनको समस्याले सताउन सक्छ, विरोधिहरू पनि बढ्न सक्छन् । ब्यापारमा खासै लाभ नहोला । यात्रामा पनि विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सानातिना घरायसी काममा समय खर्च हुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    समय शुभदायी छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ भने मित्रजनले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने देखिन्छ । अध्ययन तथा अध्यापन कार्यमा सुधार आउने योग छ । कुरा काटनेहरु प्रशंसक बन्नेछन् । लेनदेनमा भने केही समस्या आउन सक्ने हुँदा सचेतनापूर्ण व्यवहार गर्नु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    ब्यस्तता वृद्धि हुने समय छ । नयाँ काम प्राप्तिको योग छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइएला । लामो समयदेखि रोकिएका कामहरू बन्ने देखिन्छ । हर्ष र हौसला बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्नेछन् । धनलाभ होला । सभासमारोहमा मान पुरस्कार प्राप्त हुन सक्छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    पराक्रम बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा मिल्ने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । प्रेमसम्बन्धमा सुधार तथा दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । आयआर्जनको स्रोत फेला पर्ला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्ने र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    समय खास नराम्रो नभएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग रहेकोले सावधान रहनु हितकर होला । आजको दिन हातहतियारको प्रयोग गर्दा अघिपछिको तुलनामा विशेष सचेत रहनु उचित हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख वृद्धि होला ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएकोले पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो रहला । अधुरा कामहरु बन्ने, अरुको विश्वास आर्जन गर्न सकिने र आफन्तजनको उचित सहयोग मिल्ने योग छ । आरोग्यता रहनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अरुको विश्वास सजिलै जित्न सकिने समय छ । गरेका हेरक कार्यबाट लाभ नै मिल्ने देखिन्छ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । अर्थलाभका अवसर आउनेछन् ।सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी होला ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    फुर्सदिलो समयको अनुभूतिले आनन्द दिलाउला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । यात्रामा विशेष लाभ होला । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    कर्मबल बढ्ने समय भएपनि आज हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । आज आर्थिक संकट पनि आउने देखिन्छ । लेनदेनमा विवाद बढ्ने र घरायसी समस्या आउन सक्ने योग छ । पढाइ-लेखाइमा खासै ध्यान दिन नसकिएला । तथापि मिठो भोजन प्राप्त हुने र भ्रमणादिमा आकर्षण बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने योग रहेकोले नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । अरुको काम धेरै गर्नु पर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनीतिमा रहेकालाई चाहिँ मान-सम्मान मिल्न सक्छ । अरुको मन जित्न सकिने छ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुने दिन छ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् भने सोच्ने शक्ति बढ्नेछ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । धनवृद्धि होला । दाम्पत्य सम्बन्ध सुखद रहला । प्रेमको बन्धनमा बाँधिने समय छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    परिश्रमले धेरै काम बन्ने समय छ । भाग्य बलियो छ, धनार्जनको योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त होला । मनोरञ्जनमा भुलिने सम्भावना छ । मित्रजनले पनि राम्रै सहयोग गर्लान् । आज आफन्तजनको सहयोग भने खासै नपाइएला । सुख–सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    असोज २० गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ असोज २० गते आईतबार || ई.सं.२०२४ अक्टोबर ६ तारिख || नेपाल सम्बत...

    एनआरएनए : आरके शर्मा पक्षले बोलायो बैठक

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके शर्मा पक्षले अन्तर्राष्ट्रिय समन्वय समितिको बैठक बोलाएको छ। भर्चुअल...

    बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

    हुम्ला। ताँजकोट गाउँपालिका-४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।...

    ममताको मुद्दामा नरेशविरुद्ध थप प्रमाण फेला

    मानसास। ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन्। पेसाले नर्स...

    लेबनानमा इजराइलको आक्रमण : एक सातामा २ हजारको मृत्यु

    एजेन्सी। इजरायली सेनाले लेबनानमा जारी राखेको आक्रमणमा एक हप्तामा २ हजार मानिसको मृत्यु भएको छ।...