News Portal

असोज २० गते आईतबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
१५४६ पटक

आज मिति वि.सं.२०८१ असोज २० गते आईतबार || ई.सं.२०२४ अक्टोबर ६ तारिख || नेपाल सम्बत ११४४

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । कसैसँग बिनाकारण विवाद वा झैझगडा हुन सक्छ, सचेत रही व्यवहार गर्नुहोला । लेनदेनको समस्याले सताउन सक्छ, विरोधिहरू पनि बढ्न सक्छन् । ब्यापारमा खासै लाभ नहोला । यात्रामा पनि विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सानातिना घरायसी काममा समय खर्च हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय शुभदायी छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ भने मित्रजनले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने देखिन्छ । अध्ययन तथा अध्यापन कार्यमा सुधार आउने योग छ । कुरा काटनेहरु प्रशंसक बन्नेछन् । लेनदेनमा भने केही समस्या आउन सक्ने हुँदा सचेतनापूर्ण व्यवहार गर्नु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ब्यस्तता वृद्धि हुने समय छ । नयाँ काम प्राप्तिको योग छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइएला । लामो समयदेखि रोकिएका कामहरू बन्ने देखिन्छ । हर्ष र हौसला बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्नेछन् । धनलाभ होला । सभासमारोहमा मान पुरस्कार प्राप्त हुन सक्छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पराक्रम बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा मिल्ने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । प्रेमसम्बन्धमा सुधार तथा दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । आयआर्जनको स्रोत फेला पर्ला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्ने र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय खास नराम्रो नभएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग रहेकोले सावधान रहनु हितकर होला । आजको दिन हातहतियारको प्रयोग गर्दा अघिपछिको तुलनामा विशेष सचेत रहनु उचित हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख वृद्धि होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएकोले पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो रहला । अधुरा कामहरु बन्ने, अरुको विश्वास आर्जन गर्न सकिने र आफन्तजनको उचित सहयोग मिल्ने योग छ । आरोग्यता रहनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको विश्वास सजिलै जित्न सकिने समय छ । गरेका हेरक कार्यबाट लाभ नै मिल्ने देखिन्छ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । अर्थलाभका अवसर आउनेछन् ।सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फुर्सदिलो समयको अनुभूतिले आनन्द दिलाउला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । यात्रामा विशेष लाभ होला । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कर्मबल बढ्ने समय भएपनि आज हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । आज आर्थिक संकट पनि आउने देखिन्छ । लेनदेनमा विवाद बढ्ने र घरायसी समस्या आउन सक्ने योग छ । पढाइ-लेखाइमा खासै ध्यान दिन नसकिएला । तथापि मिठो भोजन प्राप्त हुने र भ्रमणादिमा आकर्षण बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने योग रहेकोले नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । अरुको काम धेरै गर्नु पर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनीतिमा रहेकालाई चाहिँ मान-सम्मान मिल्न सक्छ । अरुको मन जित्न सकिने छ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुने दिन छ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् भने सोच्ने शक्ति बढ्नेछ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । धनवृद्धि होला । दाम्पत्य सम्बन्ध सुखद रहला । प्रेमको बन्धनमा बाँधिने समय छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिश्रमले धेरै काम बन्ने समय छ । भाग्य बलियो छ, धनार्जनको योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त होला । मनोरञ्जनमा भुलिने सम्भावना छ । मित्रजनले पनि राम्रै सहयोग गर्लान् । आज आफन्तजनको सहयोग भने खासै नपाइएला । सुख–सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...