News Portal

  • असोज १९ गते शनिबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    ५२३ पटक

    आज मिति वि.सं.२०८१ असोज १९ गते शनिबार || ई.सं.२०२४ अक्टोबर ५ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    अनावश्यक विवादमा फस्न सकिने सम्भावना रहेकोले आजको दिन बोली र व्यवहारमा संयमता राख्नु उचित हुनेछ । पेशागत रुपमा समस्या देखिन सक्छ, तर ब्यापारमा भने फाइदै होला । मुद्दा मामिलामा पर्न सकिने योग छ, सचेत रहनुहोला । अनौठो समाचार पनि सुन्न पाइने योग छ । प्रेमभाव बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    अरुबाट प्रशंसा मिल्ने र मन हर्षित हुने दिन छ । सामाजिक कामबाट यश प्राप्त हुनेछ । व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्ने योग छ । कुनै विषयमा मनमा दुविधा रहला । ब्यस्तता बढ्नेछ भने रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख रहनेछ । उत्साह वृद्धिका साथै आफन्तको साथ मिल्नेछ ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    पराक्रम वृद्धि हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । खुसीको खबर प्राप्त होला । चल-अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    परिश्रमअनुसार राम्रै उपलब्धि प्राप्त हुने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । चुनौतीका बाबजुद कामहरू अघि बढ्नेछन् । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । मित्रजनको सहयोग पनि प्राप्त हुनेछ । अल्झेको काम अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुने योग छ । ऐश्वर्य वृद्धि होला । आनन्द र आरोग्यता रहनेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन् । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । व्यर्थको खर्च हुने योग भएकोले खर्च घटाउने प्रयास गर्नु उचित हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्ने देखिन्छ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नयाँ कामको थालनी हुने दिन छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ भने रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा-मामिलामा विजयी भइएला । रचनात्मक कार्यमा प्रगति होला । व्यस्तता र खर्च वृद्धि भएपनि दिन खुशीसाथ बित्ने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सोचेभन्दा बढी नै लाभ हुने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफन्तमिलनले सुख दिनेछ भने पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनको दृष्टिले राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको उचित सल्लाह मिल्ने देखिन्छ । यशवर्चश्व बढ्नेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कामहरु सजिलै बन्ने र प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका मिल्ला । ब्यापार-व्यवसायबाट सामान्यमात्र नाफा होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक कार्यमा सफलता प्राप्त होला ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    घरेलु समस्याले सताउन सक्ने समय छ । मित्र बनेर धोका दिनेहरू फेलापर्नेछन् । अरूको भर पर्दा काममा धोका हुनसक्छ, सावधान रहनुहोला । अर्थको पनि हानी हुने दिन रहेको छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । धनमाल हराउने योग रहेकोले विशेष सजगताको खाँचो छ । टाढाको यात्रा गर्नुपर्ने काम छ भने आज स्थगित गरेकै बेस हुनेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि आज आकस्मिक रूपले लाभ प्राप्त हुन सक्छ । सामान्य काममा पनि ज्यादा परिश्रम पर्ला । रुपैयाँपैसाको लेनदेन खासै हितकर नहोला । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । नियमकानूनले साथ दिनेछ । शत्रुपक्ष परास्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव होला । पठनपाठनमा मन जानेछ । सोचेअनुरुप कमाइ हुने योग छ । सन्तानपक्षबाट खुशीको समाचार सुन्न पाइएला । दामपत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    शुभदायी समय हुनाले आज कुनै नयाँ कामको थालनी गर्नु हितकर हुनेछ । व्यापारमा सफलता मिल्नेछ भने साथीभाइसँग भेटघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आर्थिकलाभ पनि प्राप्त होला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । सुख विलास पनि बढ्नेछ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

    काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक...

    विपिन जोशीको सम्झनामा जेन जी युवाहरुले बुधबार दीप प्रज्वलन गर्ने

    काठमाडौं, असोज २९ – इजरायलमा अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा जेनजीका युवाहरू बुधबार...

    एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

    काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर...

    ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

    काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान...

    रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

    ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा...