News Portal

असोज १९ गते शनिबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
६०७ पटक

आज मिति वि.सं.२०८१ असोज १९ गते शनिबार || ई.सं.२०२४ अक्टोबर ५ तारिख || नेपाल सम्बत ११४४

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक विवादमा फस्न सकिने सम्भावना रहेकोले आजको दिन बोली र व्यवहारमा संयमता राख्नु उचित हुनेछ । पेशागत रुपमा समस्या देखिन सक्छ, तर ब्यापारमा भने फाइदै होला । मुद्दा मामिलामा पर्न सकिने योग छ, सचेत रहनुहोला । अनौठो समाचार पनि सुन्न पाइने योग छ । प्रेमभाव बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरुबाट प्रशंसा मिल्ने र मन हर्षित हुने दिन छ । सामाजिक कामबाट यश प्राप्त हुनेछ । व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्ने योग छ । कुनै विषयमा मनमा दुविधा रहला । ब्यस्तता बढ्नेछ भने रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख रहनेछ । उत्साह वृद्धिका साथै आफन्तको साथ मिल्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पराक्रम वृद्धि हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । खुसीको खबर प्राप्त होला । चल-अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिश्रमअनुसार राम्रै उपलब्धि प्राप्त हुने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । चुनौतीका बाबजुद कामहरू अघि बढ्नेछन् । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । मित्रजनको सहयोग पनि प्राप्त हुनेछ । अल्झेको काम अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुने योग छ । ऐश्वर्य वृद्धि होला । आनन्द र आरोग्यता रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन् । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । व्यर्थको खर्च हुने योग भएकोले खर्च घटाउने प्रयास गर्नु उचित हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्ने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको थालनी हुने दिन छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ भने रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा-मामिलामा विजयी भइएला । रचनात्मक कार्यमा प्रगति होला । व्यस्तता र खर्च वृद्धि भएपनि दिन खुशीसाथ बित्ने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोचेभन्दा बढी नै लाभ हुने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफन्तमिलनले सुख दिनेछ भने पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनको दृष्टिले राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको उचित सल्लाह मिल्ने देखिन्छ । यशवर्चश्व बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामहरु सजिलै बन्ने र प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका मिल्ला । ब्यापार-व्यवसायबाट सामान्यमात्र नाफा होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक कार्यमा सफलता प्राप्त होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरेलु समस्याले सताउन सक्ने समय छ । मित्र बनेर धोका दिनेहरू फेलापर्नेछन् । अरूको भर पर्दा काममा धोका हुनसक्छ, सावधान रहनुहोला । अर्थको पनि हानी हुने दिन रहेको छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । धनमाल हराउने योग रहेकोले विशेष सजगताको खाँचो छ । टाढाको यात्रा गर्नुपर्ने काम छ भने आज स्थगित गरेकै बेस हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि आज आकस्मिक रूपले लाभ प्राप्त हुन सक्छ । सामान्य काममा पनि ज्यादा परिश्रम पर्ला । रुपैयाँपैसाको लेनदेन खासै हितकर नहोला । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । नियमकानूनले साथ दिनेछ । शत्रुपक्ष परास्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव होला । पठनपाठनमा मन जानेछ । सोचेअनुरुप कमाइ हुने योग छ । सन्तानपक्षबाट खुशीको समाचार सुन्न पाइएला । दामपत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभदायी समय हुनाले आज कुनै नयाँ कामको थालनी गर्नु हितकर हुनेछ । व्यापारमा सफलता मिल्नेछ भने साथीभाइसँग भेटघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आर्थिकलाभ पनि प्राप्त होला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...