News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • असोज १८ गते शुक्रबारको तपाईको राशिफल

    हिमालीसंचार संवाददाता
    ६१० पटक

    आज मिति वि.सं.२०८१ असोज १८ गते शुक्रबार || ई.सं.२०२४ अक्टोबर ०४ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
    आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । काममा हैरानी बढ्न सक्छ भने ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुविधा रहन सक्ने दिन छ । तथापि, सामाजिक काममा नाम रहने छ । जागिरमा भने सजक रहनुहोला । स्वास्थ्यले साथ दिनेछ । प्रेमभाव बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
    प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ । चल-अचल सम्पत्तिको कारोबार होला । वैवाहिक जीवन सुखी हुने समय छ । घरमा पाहुनाको आगमन हुनसक्छ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ । आफन्तजनले साथ दिनेछन् ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
    नसोचेको काम बन्ने एवम् प्रियजनसँग भेटघाट हुने समय छ । दैनिक काम सन्तोषजनकरूपले सम्पन्न हुनेछन् भने व्यापारबाट पनि राम्रै आम्दानी हुनसक्छ । विदेशबाट धन प्राप्त हुने योग छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित होला । मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ । पराक्रम वृद्धि भइ शत्रुपक्ष परास्त हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
    आज समय सोचेजस्तो अनुकुल नरहन सक्छ । खर्च र विबाद बढने तथा शत्रुपक्षले सताउन सक्छ । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुन सक्छ, सजक रहनुहोला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर होला । अनावश्यक झमेलाबाट बच्ने प्रयास गर्नु हितकर हुनेछ । मित्रजनले साथ-सहयोग दिनेछन् । रसरागमा आकर्षण बढ्ने योग छ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
    प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलैसँग बित्ला । प्रतिभा प्रदर्शन गरेर अरुलाई प्रभावित गर्न सकिनेछ । ठुला ब्यक्तिसँग भेटघाट होला । काममा अवरोध पैदा भएछ भने पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अनौठो खबर सुन्न पाइने योग छ । आरोग्यता रहला । रसरागको भाव वृद्धि हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक कामले सार्थकता पाउनेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
    कामको सफलताले थप काम गर्ने हौसला मिल्ने समय छ । पुराना कामहरु सम्पन्न हुनुका साथै आयआर्जन हुने योग छ । धनलाभका साथै नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको सम्भावना छ । मन हर्षित रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ। कार्यगति बढ्नेछ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
    आजको दिन मिश्रित फलदायी रहला । धन आर्जनको समय छ । कृषिको कामबाट विशेष लाभ होला । कुनै नयाँ कामको योजना छ भने आज नथाल्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको हुनसक्छ । रमाइलो यात्राको पनि योग रहेको छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
    सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यर्थको खर्च बढ्ने सम्भावना रहेकोले एकदम सावधानी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यमा पनि गडबडीकोे सम्भावना रहेकोले खानपानमा विशेष सजग रहनुहोला । धननाश हुन सक्ने र दाम्पत्य तथा प्रेम सम्बन्धमा पनि धोका हुने देखिन्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
    सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मन केही दुविधाग्रस्त रहन सक्छ । केहि दुविधा पनि रहला । सवल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । सोचेको काम समयमै सम्पन्न नभएपनि कुनै क्षति नै पुग्ने भने देखिन्न । नवीन अवसर प्राप्त हुने योग छ, समय चिनेर व्यवहार गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ। गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
    जोखिम वृद्धि र संघर्ष बढ्ने समय छ । तथापि, धन आर्जनका नयाँ उपाय खुल्न सक्छ । परिवारजनका इच्छा पूरा गर्न सकिएला । पढाइमा सफलता पाउने तथा धर्मकर्ममा रुचि बढ्ला । मान्यजनसँगको भेटघाटले मनमा हर्ष छाउने देखिन्छ । नियमित कार्यमा अलिक बढी परिश्रम पर्ला । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कामहरू सजिलैसँग बन्ने दिन छ । अध्ययन तथा अध्यापनमा मन जाला । रसरागको भाव वृद्धि हुनेछ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने देखिन्छ । काममा थप जाँगर थपिने देखिन्छ । धनलाभको योग छ । पारिवारिक सुख मिल्नुका साथै ब्यापारमा पनि फाइदा नै होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
    आजको दिन घरपरिवारमा केही मनमुटाव हुन सक्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलताप्राप्तिमा शङ्का छ । ब्यर्थै समयको नाश हुन सक्छ । मनमा उदासिनता बढ्न सक्छ । काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुन सक्छन् । विश्वास गरेको व्यक्तिले धोका दिन सक्ने हुँदा धैर्य राख्नु हितकर हुनेछ । कतै वादविवादको सामना गर्नुपर्ने योग रहेकोले बोली र व्यवहारमा सजगता अपनाउनु हितकर हुनेछ । साहस बढ्नेछ र आफन्तको साथ मिल्नेछ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित...

    रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

    काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको...

    बिहे विवादले निम्त्यायो रगतको भेल : युवाद्वारा बुबा र छिमेकीको हत्या

    रुपन्देही, जेठ २३ – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अमरैयामा पारिवारिक विवादले भीषण रूप लिँदा एउटै...

    स्याङ्जामा ट्रक र स्कुटर ठोक्किँदा २४ वर्षीया युवतीको निधन

    स्याङ्जा, जेठ २३ – सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान भएको एक दुःखद सवारी दुर्घटनामा परी २४...