News Portal

  • राजपरिवार भुटानमा: भुटानी राजकुमारीले गरिन स्वागत

    हिमालीसंचार संवाददाता
    ३०६ पटक

    काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह ५ सदस्यीय टोलीसहित भुटानका लागि पुगेका छन्। निजी भ्रमणका लागि बिहीबार घटस्थापनाका दिन भुटानको ड्रुक एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका पूर्वराजा शाह थिम्पुमा अवतरण गरेका हुन्।

    जहाँ भुटानकी राजकुमारीले विमानस्थलमा पुगेर ‘रेड कार्पेट’ मा स्वागत गरेकी छन्। पूर्वराजा शाहको टोलीमा छोरी प्रेरणा, भतिजी शिताष्मा र पारिवारिक सदस्य राजु सिंह सामेल छन्।

    पूर्व राजा शाहले यो भ्रमणलाई निजी भनिए पनि यसलाई राजनीतिक भ्रमणका रुपमा हेरिएको छ। भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुङको निम्तामा उनी त्यहाँ गएको स्रोतले जानकारी दिएको छ।

    कतिपयले यो भ्रमणलाई भारतीय संस्थापनले भुटानी राजामार्फत आफ्नो सन्देश दिन खोजेको भन्ने अर्थमा पनि टिप्पणी गरिरहेका छन्।

    भुटानी राजा भारतकै निकट भएर शासन चलाइरहेको मानिन्छ। पूर्वराजा शाहले त्यहाँ भुटानका राजा र अन्य उच्च पदस्थ पदाधिकारीसँग भेट्ने बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ५ गतेको राशिफल

    आज मंसिर ५, २०८२ (नोभेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...