News Portal

  • असोज १५ गते मंगलबारको तपाईको राशिफल

    हिमालीसंचार संवाददाता
    २३६ पटक

    आज मिति वि.सं.२०८१ असोज १५ गते मंगलबार || ई.सं.२०२४ अक्टोबर ०१ || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
    अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ भने विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । भौतिक साधन जुट्नेछन् । उत्साहजनक समाचारले मन प्रशन्न रहला । सन्तान पक्षको माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला । तथापि, आजको दिन आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सावधान रहनुहोला । समग्रमा समय मनोरञ्जनात्मक नै रहनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
    शुभ समाचार प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । तथापि, सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिने योग पनि छ । आर्जित धन खर्च हुन सक्छ । सावधान रहनुहोला ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
    पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थिति अनुसार चल्ने प्रयत्न गर्नु हितकर हुनेछ । काम बिग्रने डरले सताइरहला । कृषि व्यवसायमा हुनुहुन्छ भने त्यसबाट सोचेको लाभ नउठ्न सक्छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्ने हुँद विशेष ख्याल राख्नुहोला । यी सबका बाबजुद विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
    प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ चने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । खेलकुद तथा रसरागमा आकर्षण रहनेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
    नयाँ कामको प्रस्ताव आउने समय छ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । यात्रागत कार्य सफल हुनेछ । निकटतम् मित्रको विशेष साथ प्राप्त होला । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति वृद्धि हुनेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
    शुभता र आयबल वृद्धि हुनेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । कुनै पनि समस्याको समाधान मिल्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
    कर्मबल वृद्धि हुने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
    अनावश्यक दौडधुप वृद्धि हुनसक्ने दिन छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा विशेष सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । मिहिनेतले रोकिएको काम बन्नेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
    दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्, ख्याल राख्नुहोला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
    बोलीको प्रभावले फाइदा उठाउन सकिने समय छ । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । विशिष्टजनको सहयोग जुट्नेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा होला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेमभाव बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
    पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइने देखिन्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्ने योग रहेकोले सन्तुलित व्यवहार गर्ने प्रयत्न गर्नुहोला । अध्ययन तथा अध्यापनमा पछि परिने समय छ । प्रतिस्पर्धीहरूबाट सजग रहने विशेष प्रयत्न गर्नुहोला ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
    समय शुभदायी छ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ र, प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि परिणाम तपाईंकै पक्षमा रहनेछ । अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । बोलीको भरमा काम सम्पादन हुने योग छ । आरोग्य रहनेछ भने सुख विलास पनि बढ्नेछ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लागू औषधमुक्त राष्ट्रको दिशामा सरकारले लिएको गति: गृहमन्त्री लेखक

    काठमाडौं, साउन १६ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधको भयावहता मुक्त बनाउने स्पष्ट अभिमुखीकरणका...

    सूचना प्रविधिमा अब्बल बन्ने हो भने, स्वदेशमै सम्भावनाको उज्यालो छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं, साउन १६ – देशको समृद्धि सूचना प्रविधिबाटै सुनिश्चित हुन्छ भन्ने धारणा व्यक्त गर्दै सञ्चार...

    अल्पविकसितबाट विकासशील राष्ट्रको यात्रामा नेपाल : प्रधानमन्त्री ओलीको विश्वास

    काठमाडौं, साउन १६ – नेपाल अब विकासको नयाँ मोडमा उभिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले...

    ऊर्जामन्त्री खड्काको भनाइ– “सीप छ भने रोजगारी टाढा छैन”

    काठमाडौं, साउन १६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भन्नुभयो, “रोजगारी सिर्जना र आत्मनिर्भरता...

    पूर्वगठबन्धनकै घेरामा नेपाल : “ओलीको प्रतिशोधकै नालीबेलीमा ममाथि मुद्दा लगाइयो”

    विराटनगर, साउन १६ – राजनीतिक विवेक र सत्ता स्वार्थबीचको द्वन्द्व फेरि सतहमा आएको छ। नेकपा...