News Portal

असोज १४ गते सोमबारको तपाईको राशिफल

हिमालीसंचार संवाददाता
३६६ पटक

आज मिति वि.सं.२०८१ असोज १४ गते सोमबार || ई.सं.२०२४ सेप्टेम्बर ३० || नेपाल सम्बत ११४४

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आज विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिन सके महत्वपूर्ण योजना अघि बढाउन थप सहयोग पुग्ला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
आजको दिन शुभदायी छ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेमा नयाँ काम प्रारम्भ गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन्, साथै नाम र दाम हातपार्ने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुने योग छ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने समय छ । व्यापारमा मनग्य लाभ हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । स्वास्थ्यमा भने केही कमजोरी अनुभूति हुनसक्छ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग पनि छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी सोचविचार गर्नुपर्ने समय छ । आजको दिन तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धाको योग छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । रोकिएका काममा पसनः प्रयत्न गरे सफल होइनेछ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द दिलाउला । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ भने अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । तथापि, इर्ष्या गर्नेहरूबाट सावधान रहने यत्न गर्नु हितकर होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
नयाँ कामको प्रस्ताव आउने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । धन आर्जन हुने योग छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्न चाहे सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
आजको दिन आश मारेको काम बन्नाले उत्साह जाग्ने देखिन्छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर, अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । छरछिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्ने योग छ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ, ध्यान राख्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्ने समय छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूको भर पर्दा धोका मिल्ने योग छ । व्यापार-व्यवसायमा ठूलो उपलब्धि हासिल गर्न अझै समय कुर्नुपर्ला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
बोली र व्यवहारको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । मेहनत गर्दा पहिले रोकिएको कामको प्रतिफल प्राप्त हुनेछ । फलदायी यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । आश्वासन दिनेले झुक्याउन सक्छन्, सचेत रहनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुने देखिन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
दिन केही चुनौतीयुक्त रहला । आज नातेदार एवम् नजिकका मित्रसँग असमझदारी पैदा हुन सक्छ । सामान्य आर्थिक समस्या पनि पर्न सक्छ । सवारीसाधनको उपयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ, ध्यान राख्नुहोस् । प्रतिकुलताका बाबजुद धन कमाउने अवसर मिल्ने देखिन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
विचार र व्यवहारले धेरैलाई प्रभावित पार्न सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् भने मान-सम्मान पाइनेछ । तथापि, गरिरहेको काममा केहि समस्या पर्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । व्यस्तता वृद्धि होला । आरोग्यता रहनेछ । आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...