News Portal

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

हिमालीसंचार संवाददाता
२४६ पटक

टोकियो। शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन्। सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो।

मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। शुक्रबार, शिगेरु इसिबा जापानको सत्तारुढ एलडीपी र देशको नेतृत्वमा निर्वाचित भएका हुन्।

संसदको तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण रहेकाले इसिबा अब जापानको प्रधानमन्त्री बन्ने निश्चित भएको छ। जापानको लोकतान्त्रिक प्रणालीमा संसदको तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ।

६७ बर्षिय इशिबाले पहिलो र दोस्रो चरणको मतदानमा आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका हुन्। पार्टी नेताको निर्वाचनमा पाँचौं पटकमा इसिबाले जित हासिल गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...