News Portal

  • असोज ११ गते शुक्रबारको तपाईको दैनिक राशिफल

    हिमालीसंचार संवाददाता
    २५२ पटक

    आज मिति वि.सं.२०८१ असोज ११ गते शुक्रबार || ई.सं.२०२४ सेप्टेम्बर २७ || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
    आजको दिन ज्यादा समय अरूका काममा बित्न सक्छ । सीमित उपलब्धि प्राप्त गर्न पनि निकै मिहिनेत गर्नुपर्ने योग छ । प्रयत्नका बाबजुद काम अधुरो रहनाले मनान खिन्नता बढ्ने सम्भावना छ । सामान्य स्वास्थ्यगत समस्या पनि पर्न सक्छ, सावधान रहनुहोला । इष्टमित्रको सहयोग प्राप्त हुने देखिन्छ । यात्रापरक काम भने बन्नेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
    सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने योग छ । आज मेहनतअनुसार फाइदा भने कम नै होला । लेनदेनमा विवाद हुने समय छ । विगतका समस्या बल्झिन सक्छन्, विशेष सावधानीका साथ व्यवहार गर्नु उचित हुनेछ । रचनात्मक काममा सफलता मिल्नेछ भने साहस बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
    पराक्रम बढेपनि दिन खासै उपलब्धिमूलक नरहला । मेहनतअनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नुहोला । कुटिल चाल चल्नेहरूले फसाउन सक्ने योग रहेकोले विशेष सचेत भइ व्यवहार गर्नु हितकर हुनेछ । यात्रागत कार्यमा भने सफलता मिल्ने देखिन्छ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
    दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइनेछ भने आर्थिक क्रियाकलापसँग सम्बन्धित विषयमा सफलता मिल्नेछ । आम्दानी वृद्धि भइ परिवारजनका आवश्यकता पूरा हुनेछन् । व्यापार–व्यवसायमा मिलेको सफलताले उत्साह बढाउला । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल वृद्धि होला । मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
    कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ भने रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेर अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । कर्मबल बढ्नेछ । रसरागात्मक कार्यक्रममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सफल रहला । पारिवारिक सुखशान्ति बढ्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
    हार नमानी प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले आजको दिन हरेक विधि-व्यवहारमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई विशेष लाभकै दिन छ । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ । भाग्यबल वृद्धि होला । समस्याको समाधान मिल्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
    दौडधुप वृद्धि हुने भएपनि लाभकारी काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । कामको चापबाट फुर्सद मिल्ने र रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । कार्य–व्यवहारमा सफलता प्राप्त होला ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
    शुभता बढ्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने साझेदारीको काममा राम्रै लाभ मिल्ने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय रहला । सामर्थ्य वृद्धि हुनेछ । मिहिनेतले रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुपक्ष परास्त हुनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
    आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, विशेष सजगता अपनाउनु हितकर हुनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्ने प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
    आजको दिन सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, विशेष सजग रहनुहोला । व्यवसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । पढाइलेखाइमा भने प्रगति गर्न सकिने समय छ । प्रेमभाव बढ्नेछ, मिठो भोजन प्राप्त हुनेछ । विशेष परिस्थितिमा नियमकानूनले साथ दिनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
    व्यस्तता वृद्धि हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । विभिन्न अवसरले पछ्याउनेछन् । तर व्यापारमा सोचेको फाइदा उठाउन मुस्किल पर्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल परेपनि अन्ततः सफलता मिल्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
    भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । व्यापारमा राम्रै फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइने समय छ । आयआर्जन पनि राम्रै हुने योग छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । पराक्रम वृद्धि हुनेछ । आफन्तजनको साथ मिल्नेछ ।

    (राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सूचना प्रविधिमा अब्बल बन्ने हो भने, स्वदेशमै सम्भावनाको उज्यालो छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं, साउन १६ – देशको समृद्धि सूचना प्रविधिबाटै सुनिश्चित हुन्छ भन्ने धारणा व्यक्त गर्दै सञ्चार...

    अल्पविकसितबाट विकासशील राष्ट्रको यात्रामा नेपाल : प्रधानमन्त्री ओलीको विश्वास

    काठमाडौं, साउन १६ – नेपाल अब विकासको नयाँ मोडमा उभिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले...

    ऊर्जामन्त्री खड्काको भनाइ– “सीप छ भने रोजगारी टाढा छैन”

    काठमाडौं, साउन १६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भन्नुभयो, “रोजगारी सिर्जना र आत्मनिर्भरता...

    पूर्वगठबन्धनकै घेरामा नेपाल : “ओलीको प्रतिशोधकै नालीबेलीमा ममाथि मुद्दा लगाइयो”

    विराटनगर, साउन १६ – राजनीतिक विवेक र सत्ता स्वार्थबीचको द्वन्द्व फेरि सतहमा आएको छ। नेकपा...

    रोमानियामा निधन भएका विवश विश्वकर्माको परिवारलाई २० हजार रुपैयाँ आर्थिक सहयोग

    म्याग्दी, साउन १६ – विदेशी भूमिमा ज्यान गुमाएका म्याग्दीका एक युवा विवश विश्वकर्माको परिवारलाई नेपाली...