News Portal

खगेन्द्र गिरि “कोपिला” का पाँच मुक्तक !

हिमाली संचार संवाददाता
७९७ पटक

खगेन्द्र गिरि कोपिला

मुक्तक – १

नहाँसेको भए लजालु हाँसो, प्यार कहाँ हुन्थ्यो ?
नपाएको भए आँखाको नासो, प्यार कहाँ हुन्थ्यो ?
आकर्षण, प्रस्ताब, समर्पण, अन्जानमैं भए पनि-
हुँदैन थियो यदि यो गुनासो, प्यार कहाँ हुन्थ्यो ?

मुक्तक – २

फूलभन्दा दिप्त हुन्छ अनुहारको रंग ।
सम्हाली राख्नु पर्छ बडो जतनसंग ।
संकेत मैं व्यक्त हुन्छ हृदयको भाषा-
मौन नै रहे पनि सम्बन्धका प्रसंग ।

मुक्तक – ३

न तृष्णा छ न कुनै भोक छ ।
न चिन्ता छ न केहि शोक छ ।
नियाली हेर्नुस् त यो दिलमा-
संसारले खोजेको सबथोक छ ।

मुक्तक – ४

मायाले अग्लिएको मन कहाँ लगेर राखुँ ?
खुसीले संलिएको मन कहाँ लगेर राखुँ ?
बिर्सिंदै सम्झेका पलहरु आँखामा नाँचेर-
मैनझैं पग्लिएको मन कहाँ लगेर राखुं ?

मुक्तक – ५

अभीप्सा मात्रै छन् मसंग, हृदयभरि सजाएका ।
केही हुरीले जोगाएका, केही आँधीले बचाएका ।
मनको आश्रयस्थललाई, बिसौनी ठान्दै पर्खिएका-
कति छन् कति सपनाहरु, यी आँखामा अटाएका ।

आदर्शमार्ग नेपालगंज ,बाँके 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...