News Portal

लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट टाढा रहन इजरायली सेनाको आग्रह

हिमालीसंचार संवाददाता
२६७ पटक

जेरुसेलम। इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निसानाबाट ‘टाढा जान’ आग्रह गरेको छ।

इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटीक’ आक्रमण गर्ने प्रतिबद्धता जनाएको छ।

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले लेबनानका जनतालाई गरेको दुर्लभ अपिलमा भने, “हिजबुल्लाहले सैन्य प्रयोजनका लागि प्रयोग गर्ने भवन र क्षेत्रको छेउछाउमा रहेका लेबनानी गाउँका नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि तत्काल आफ्नो बाटोबाट बाहिर निस्कन आग्रह गर्दछौँं।”

उनले भने, “इजरायली सेनाको रक्षा बल (आईडीएफ) लेबनानमा आश्रय लिँदै आएका आतंकवादीविरुद्ध व्यापक आक्रमण गर्नेछ।”

हगारीका अनुसार सेनाले सोमबार बिहानदेखि हिजबुल्लाह क्षेत्रमा थप आक्रमण सुरु गरेको छ। उनले भने, “यो आक्रमण निकट भविष्यमा पनि जारी रहनेछ।” रासस/एएफपी

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...