News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • असोज ७ गते सोमबारको तपाईको दैनिक राशिफल

    हिमालीसंचार संवाददाता
    १४१६ पटक

    आज मिति वि.सं.२०८१ असोज ७ गते || सोमबार ई.सं.२०२४ सेप्टेम्बर २३ || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
    अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ, धैर्यले काम लिनुहोला । यात्रा-व्यवस्थापनमा खर्च बढ्न सक्छ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति सामना गर्नुपरे पनि हौसला कायम रहनेछ । रसरागमा आकर्षण बढ्ला । रोकिएको काममा थप प्रयत्न गर्दा सफलता मिल्ने देखिन्छ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
    चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । सामान्य आम्दानी भइरहला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा फाइदै हुनेछ । तर यात्रागत कार्यमा सरिक हुनुपर्ने योग छ । यात्रामा धनमाल हराउन सक्ने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नाले उत्साहको अवस्था रहला ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
    प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय भएपनि छरछिमेकमा केही असमझदारी बढ्ने देखिन्छ । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ, सचेत रहनुहोला । व्यावसायिक यात्राको सम्भावना छ भने कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया पनि अघि बढ्न सक्ने देखिन्छ । कर्मबल बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
    सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । रोकिएका काम पनि सम्पादन होलान् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिन सकिएला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पराक्रम वृद्धि भइ कामहरू बन्लान्, तर विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख मिल्न सक्छ, सचेत रही कार्य गर्नुहोला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
    धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । प्रयत्न गर्दा नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । अधिकार सुरक्षा गर्न विशेष प्रयत्न गर्नुपर्ने योग छ । शोख पूरा गर्नमा केही खर्च बढ्न सक्छ । दौडधुप एवम् जोखिम बढ्नेछ, तथापि रसरागको कार्यक्रममा आकर्षण रहला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
    शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ । समुदायको हक हितको संरक्षण गर्दै अरुको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । दाम्पत्य सुख बढ्नेछ भने प्रेम भाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । परिवामा सुखशान्ति रहला ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
    शुभदायी दिन छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आरोग्यबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
    समय केही चुनौतीयुक्त छ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्नेछ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, धैर्यता राख्नुहोला । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । पराक्रमात्मक कार्यमा सफलता प्राप्त हुनेछ । खर्च वृद्धि हुन सक्ने योग रहेकोले योजना र बजेट बनाइ खर्च गर्नुहोला ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
    व्यस्तता बढ्नेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । आश मारेको कामले उत्साह जगाउनेछ । काममा मातापिताको सहयोग प्राप्त हुने योग छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
    दिन उत्साहपूर्ण रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ भने नयाँ जिम्मेवारी प्राप्त हुने योग छ । सुखद समाचार सुन्न पाइएला । स्वास्थ्य पनि सबल रहनेछ । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ, शत्रुवक्ष परास्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
    चुनौती बढेपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । प्रतिभाको कदर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

    मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
    शुभता वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ भने बौद्धिकतासम्बन्धित काममा सफलता प्राप्त होला । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । सुखविलासको भाव वृद्धि हुने देखिन्छ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    प्रतिकृया दिनुहोस्

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...