News Portal

श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

हिमालीसंचार संवाददाता
२२८ पटक

एजेन्सी। भ्रष्टाचारीलाई कडा कारबाही गर्ने वाचासहित चुनाव लडेका मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन्।

५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन्। जो गत २० वर्षदेखि सांसद थिए।

पहिलो चरणमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत र एक मत नपुर्‍याएपछि मतगणना दोस्रो चरणमा पुगेको थियो। जसमा मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गणना गरिएको थियो।

पहिलो चरणको मतपरिणामअनुसार दिसानायकेले ४२.३६ प्रतिशत अर्थात् ५६ लाख मत पाएका छन्।

निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासाको मत ३२.७२ प्रतिशत अर्थात् ४३ लाख ३० हजार छ। रनिल विक्रमासिंगे तेस्रो स्थानमा खुम्चेका छन्। उनले १७‍.२५ अर्थात् झण्डै २३ लाख मत पाए।

२०२२ को आर्थिक संकटपछि भएको पहिलो निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। दिसानायकेले मुलुकमा व्यापक परिवर्तन ल्याउने, भ्रष्टाचार नसहने र गरिबलाई सहयोग पुग्ने आर्थिक नीति अवलम्बन गर्ने वाचा गरेका छन्।

तर, ठूलो वैदेशिक ऋण र महँगीजस्ता समस्यासँग जुधिरहेको श्रीलंकाको संकट समाधान गर्न सजिलो नहुने विज्ञहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...