News Portal

चिनियाँ राष्ट्रपति सी चिनफिङ सामु किन रोए मलेसियाका राजा ?

हिमालीसंचार संवाददाता
४०८ पटक

एजेन्सी। मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा भावुक बनेका छन्।

चार दिने चीन भ्रमणका क्रममा शुक्रबार बेइजिङमा भएको यो भेटघाटमा राजा सुल्तानले आफ्नो भावुकताको क्षण सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्।

भेटवार्तामा राजाका छोरा टुंकु अब्दुल जलीलको स्वास्थ्य अवस्थाबारे कुरा भएको थियो। सन् २०१४ मा राजकुमार जलीलको चीनमा कलेजो प्रत्यारोपण गरिएको थियो।

मलेसियाका मन्त्री एन्गा कोरमिङका अनुसार छोराको उपचारमा चीनले पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै राजा भावुक बनेका हुन्।

शल्यक्रिया सफल भए पनि राजकुमार अझै पूर्णरूपमा स्वस्थ हुन सक्नु भएको छैन, मन्त्री कोरमिङले अखबार द स्टारलाई भने, सोही विषयमा कुरा हुँदा राजाले आँशु थाम्न सक्नु भएन।

राजा सुल्तानको भावुक प्रतिक्रियाले चीनको चिकित्सा सहायताप्रति मलेसियाको आभार र दुई देशबीचको गहिरो सम्बन्धलाई उजागर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...