News Portal

दण्डहिनता अन्त्यका लागि कर्णाली सरकार तयार : मन्त्री भण्डारी

हिमाली संचार संवाददाता
६४६ पटक

सुर्खेत : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य गर्न प्रदेश सरकार तयार रहने प्रतिवद्धता जनाउनुभएको छ ।

‘पत्रकार विरुद्ध हुने अपराधको दण्डहिनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा फ्रिडम फोरमले बुधबार सुर्खेतमा आयोजना गरेको सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य विषयक कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

‘कर्णाली प्रदेश सरकार पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि तयार छ’ मन्त्री भण्डारीले भने, ‘यसको लागि कर्णाली प्रदेश सरकार क्रियाशिल भएर लाग्नेछ ।

कानुन मन्त्री भण्डारीले कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारीतामा आर्कषण गर्ने सरकार लागिपर्ने बताए । ‘कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारितामा लाग्न आर्कषित गर्छाै’ मन्त्री भण्डारीले भने, ‘पत्रकारिता लोकतन्त्रको पहरेदार पनि हो, समाज रुपान्तरणको उत्तरदायित्व बोकेको पत्रकारिता क्षेत्रमा जति जिम्मेवारी छ त्यति जोखिम छ’।

उनले पत्रकारहरुको सुरक्षाका लागि कानून मन्त्रालयले ‘पत्रकार स्वास्थ्य विमा’को व्यवस्था गर्न लागेको जानकारी दिए । ‘हामी पत्रकारहरुको स्वास्थ्य विमाको व्यवस्था गर्दैछौँ, करिबकरिब कार्यविधि अन्तिम चरणमा पुगिसकेको छ’ भण्डारीले भने, ‘अबको केही दिनमा नै हामी पत्रकार स्वास्थ्य विमामा सामेल हुन तपाईहरुलाई अपील गर्छौँ ।’ स्वास्थ्य विमा कार्यक्रमले पत्रकारहरुलाई केही हद्सम्म भएपनि सुरक्षाको प्रत्याभुति हुने उनले बताए ।

अहिलेको संघीय गणतन्त्रात्मक व्यवस्था द्वन्द्वकालमा थुप्रै पत्रकारहरुले ज्यान गुमाउनुको प्रतिफल भएको बताउँदै मन्त्री भण्डारीले राज्य व्यवस्था परिवर्तनदेखि विभिन्न कुरिती, भ्रष्टाचार अन्त्य गर्नुमा पत्रकाहरुको ठूलो भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले खोजी रिपोटिङ गर्दा पत्रकारहरु जोखिममा रहेको भन्दै पत्रकारको सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघका शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि कर्णाली सरकार पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका एसएसपि मोहन आचार्य, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक शंकर श्रेष्ठ, वीरेनद्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम फ्रिडम फोरमका कर्णाली प्रदेश प्रतिनिधि लक्ष्मी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...