News Portal

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

हिमाली संचार संवाददाता
६०६ पटक

प्याराडाइज -अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

खोजीका क्रममा थप आठ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ५० पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले बताउनुभएको छ । यसअघि ४२ व्यक्तिको मृत्यु भएको बताइएको थियो ।

अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझ १०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन् । बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्यमा हजारौ अग्नि नियन्त्रकहरु परिचालन गरिएका र उनीहरुले आफ्नो ज्यानको बाजी लगाएर उद्धार कार्य जारी राखेको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जङ्गलको आसपास बसोबास गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...