News Portal

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

हिमालीसंचार संवाददाता
३६९ पटक

बझाङ। बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

आज बिहान पाँच बजेदेखि तमैल बजारनजिकै जालेबगरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएका छन्।

जसमा बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरू ठप्प छन्।

सडक खुलाउन एक्स्काभेटर आएको तर, पहिरो खस्न नरोकिँदा खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...