News Portal

पाकिस्तानी सेनाले विश्वविद्यालयमा छापा मारेपछि तनाव

हिमालीसंचार संवाददाता
३४४ पटक

एजेन्सी। पाकिस्तानी सेनाले बलोचिस्तान प्रान्तमा रहेको तुर्बत विश्वविद्यालयमा छापा मारेपछि तनाव बढेको छ।

पाकिस्तानी सेनाले उक्त विश्वविद्यालयको महिला छात्रावासमा छापा मारेको हो। सेनाले महिला छात्रावासमा छापा मारेर महल बलोच नाम गरेकी महिलाका बारेमा सोधपुछ गरेको बलोचिस्तान पोस्टले जनाएको छ।

जिलान कुर्द भनेर चिनिने बलोच बेला क्षेत्रमा रहेको पाकिस्तानी सेनाको चौकीमा आत्मघाती बम आक्रमणमा संलग्न रहेको जनाइएको छ।

बलोचिस्तानको बन्दरगाह शहर ग्वदर घर भएकी बलोच सोही विश्वविद्यालयमा अध्ययन गर्दै आएकी थिइन्। उनी बलोचिस्तान लिबरेसन आर्मी (बीएलए)ले गराएको आत्मघाती आक्रमणमा संलग्न रहेको सेनाले जनाएको छ।

छापा मार्ने क्रममा सेनाले उनको कोठाबाट विभिन्न सामग्री नियन्त्रणमा लिएको बलोचिस्तान पोस्टले उल्लेख गरेको छ।

घटनाबारे विश्वविद्यालय प्रशासनले थप जानकारी दिन अस्वीकार गरेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...