News Portal

संविधान संशोधन हुनसक्छ : सभापति देउवा

हिमालीसंचार संवाददाता
२०४ पटक

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय कुराहरू संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताएका हुन्।

“कतिपय कुरा यो संविधानमा संशोधन हुनसक्ने अवस्था पनि छ। सबैले ठान्ने हो भने कतिपय कुरा संशोधन हुन सक्छन्। तर अहिले वास्तवमा भन्ने हो भने धेरै राम्रो महत्त्वपूर्ण कामहरु भएको छ। यो संविधान समावेशी छ।” उनले भने।

सभापति देउवाले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पारे। उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरू पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने सकिनेमा जोड दिए।

संविधानका आधारभूत कुराहरू संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो गर्नेगरी संशोधन गर्न सकिने उनको भनाइ थियो।

उनले संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको उल्लेख गरे।

सभापति देउवाले अरु देशको तुलनामा अझ बढी प्रगतिशील लोकतान्त्रिक समाज स्थापित गर्नुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...