News Portal

पटकपटक जेल बसिसकेका बबिसिंह शाहले जबरजस्ती घरभित्र छिरेर मुनाको हत्या गरेको पुष्टि

हिमालीसंचार संवाददाता
५१८ पटक

एजेन्सी। अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्विकार गरेको छ।

गत सोमवार साँझ रामेछापकी २१ वर्षीया मुना पाण्डे अमेरिकाको ह्युस्टनस्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन्। उनको गोली हानेर हत्या गरेको पाइएपछि अमेरिकी प्रहरीले तत्कालबाटै अनुसन्धान सुरु गरेको थियो।

छोटो तर सुक्ष्म अनुसन्धानबाट प्रहरी मुनाको हत्यारा र हत्याको उद्धेश्य पत्ता लगाउन सफल भएको हो। ह्युस्टन कम्युनिटी कलेजकी नर्सिङ विद्यार्थी मुना पाण्डेको हत्या लुटपाटको उद्देश्यले जबरजस्ती घरभित्र प्रवेश गरेका ५१ वर्षीय बबिसिंह शाहले गरेको प्रहरीको निष्कर्ष छ।

शनिवार साँझ पौने ९ बजे मुनाको घरमा प्रवेश गरेका उनी करिब एक घण्टापछि बाहिरिएको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले बताएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था नेपयोर्कका अनुसार, पेस्तोल बोकेर शाह गत शनिवार राति ८ बजेर ४० मिनेटमा मुना बस्ने अपार्टमेन्ट पुगेका थिए।

उनले लामो समय ढोका ढक्ढक्याएपछि मुनाने उक्त ढोका खोलेको र केही सोधपुछ गर्न नपाउँदै बबिसिंह जबरजस्ती भित्र छिरेको र भित्रबाट चुकुल लगाएको सीसीटिभीमा देखिएको प्रहरीको भनाइ छ।

एक घण्टापछि उनी हातासिँदै बाहिरिएका थिए। सोही राति छिमेकीले केही पड्केको आवाज आएको सुनेको बयान दिए पनि मुनाको मृत शरीर भने सोमबार साँझ करिब ६ बजेमात्र भेटिएको थियो।

उनको टाउको पछाडिको भागसहित विभिन्न स्थानमा गोली प्रहार भएको प्रहरीले बताएको छ। ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले साहविरूद्ध हत्या र गैरकानुनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको छ। उनलाई प्रहरीले स्थानीय समयअनुसार बिहीबार नै अदालतमा उपस्थित गराएको थियो।

अदालतले उनलाई जमानतमा रिहा गर्न भने अस्वीकार गरेको छ। उनीविरूद्ध दर्ता भएको अभियोगमा कम्तीमा आजीवन कारावास र बढीमा मृत्युदण्डसम्मको सजाय माग गरिएको छ। बबिसिंह यसअघि पनि पटकपटक जेल परेको पाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...