News Portal

  • पटकपटक जेल बसिसकेका बबिसिंह शाहले जबरजस्ती घरभित्र छिरेर मुनाको हत्या गरेको पुष्टि

    हिमालीसंचार संवाददाता
    ४४५ पटक

    एजेन्सी। अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्विकार गरेको छ।

    गत सोमवार साँझ रामेछापकी २१ वर्षीया मुना पाण्डे अमेरिकाको ह्युस्टनस्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन्। उनको गोली हानेर हत्या गरेको पाइएपछि अमेरिकी प्रहरीले तत्कालबाटै अनुसन्धान सुरु गरेको थियो।

    छोटो तर सुक्ष्म अनुसन्धानबाट प्रहरी मुनाको हत्यारा र हत्याको उद्धेश्य पत्ता लगाउन सफल भएको हो। ह्युस्टन कम्युनिटी कलेजकी नर्सिङ विद्यार्थी मुना पाण्डेको हत्या लुटपाटको उद्देश्यले जबरजस्ती घरभित्र प्रवेश गरेका ५१ वर्षीय बबिसिंह शाहले गरेको प्रहरीको निष्कर्ष छ।

    शनिवार साँझ पौने ९ बजे मुनाको घरमा प्रवेश गरेका उनी करिब एक घण्टापछि बाहिरिएको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले बताएको छ।

    अन्तर्राष्ट्रिय समाचार संस्था नेपयोर्कका अनुसार, पेस्तोल बोकेर शाह गत शनिवार राति ८ बजेर ४० मिनेटमा मुना बस्ने अपार्टमेन्ट पुगेका थिए।

    उनले लामो समय ढोका ढक्ढक्याएपछि मुनाने उक्त ढोका खोलेको र केही सोधपुछ गर्न नपाउँदै बबिसिंह जबरजस्ती भित्र छिरेको र भित्रबाट चुकुल लगाएको सीसीटिभीमा देखिएको प्रहरीको भनाइ छ।

    एक घण्टापछि उनी हातासिँदै बाहिरिएका थिए। सोही राति छिमेकीले केही पड्केको आवाज आएको सुनेको बयान दिए पनि मुनाको मृत शरीर भने सोमबार साँझ करिब ६ बजेमात्र भेटिएको थियो।

    उनको टाउको पछाडिको भागसहित विभिन्न स्थानमा गोली प्रहार भएको प्रहरीले बताएको छ। ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले साहविरूद्ध हत्या र गैरकानुनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको छ। उनलाई प्रहरीले स्थानीय समयअनुसार बिहीबार नै अदालतमा उपस्थित गराएको थियो।

    अदालतले उनलाई जमानतमा रिहा गर्न भने अस्वीकार गरेको छ। उनीविरूद्ध दर्ता भएको अभियोगमा कम्तीमा आजीवन कारावास र बढीमा मृत्युदण्डसम्मको सजाय माग गरिएको छ। बबिसिंह यसअघि पनि पटकपटक जेल परेको पाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    साथी

    कविता साथी “सुःखमा आउनेहरु मैले चाहेको दुःखमा आउनेहरू मलाई चाहेको मिठा तिता बचनहरू मैले खाएको...

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...

    दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

    काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी...

    भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

    भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग...

    नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

    काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६...