News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कोशी प्रदेशसभा आजबाट सुरु, कांग्रेस सत्ता पक्षमा बस्ने

    हिमालीसंचार संवाददाता
    १५१ पटक

    विराटनगर। कोशी प्रदेश सभाको बैठक आजबाट सुरु हुँदैछ। आर्थिक वर्ष २०८१/२०८२ को बजेट नीति तथा कार्यक्रम पारित गरेपछि स्थगित भएको प्रदेशसभाको बैठक शुक्रवार दिउँसो १ बजेबाट सुरु हुँदैछ।

    लामो समयदेखि प्रदेशसभा बस्न नसकेपछि सत्ता पक्षकै प्रदेशसभा सदस्यहरूले विरोध गरेपछि भदौ ४ गते सूचना निकाल्दै भदौ १८ गतेका लागि सभा आव्हान भएको थियो।

    सोही दिन अर्को सूचना निकाल्दै प्रदेशसभाले भदौ १४ गतेका लागि प्रदेश सभा बोलाएको थियो। आजको प्रदेश सभामा नेपाली कांग्रेस सत्ता पक्षमा बस्न भएको छ।

    नेपाली काँग्रेस कोशी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले कांग्रेस सत्ता पक्षमा बस्ने बताए। कोशी प्रदेशमा अहिलेसम्म नेपाली काँग्रेस सरकारमा सहभागी भएको छैन।

    आन्तरिक भागबन्डा नमिलेका कारण कांग्रेस सरकारमा सहभागी नहुँदा सत्ता पक्षमा बस्ने की प्रतिपक्षमा बस्ने अन्योल हुँदै आएको थियो।

    यस अघि नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभाको बैठक अगाडि काँग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने बताउँदै आएका थिए।

    तामाङले भने सरकारमा सहभागी नभए पनि काँग्रेस सत्ता पक्षमा नै बस्छ। हामीले हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन गरेकाले सत्ता पक्षमा बस्ने बताए।

    प्रदेश निजामती सेवा ऐन हतारमा संशोधन गर्न लागेकोमा विरोध !

    कार्य व्यवस्था परामर्श समितिको बिहीबार बैठकले प्रदेशको निजामती सेवा ऐनलाई संशोधन सहित पारित गर्ने तयारी गरेको छ।

    विवादित बन्दै गएको प्रदेश निजामती सेवा ऐनलाई हतारमा संशोधन सहित पारित गर्नु नहुने सांसदहरूले बताउँदै आएका छन्। निजामती सेवा ऐनमा धेरै समस्या रहेको भन्दै बैठकमा ऐन पटक पटक संशोधन गर्नु भन्दा एकै पटक छलफल गरेर लग्नु पर्ने विषय उठेको थियो।

    प्रदेश निजामती सेवा ऐनमा विवाद धेरै भए पनि लेखा समूहका कर्मचारीको मात्रै माग सम्बोधन गर्ने गरी संशोधन गर्न लागिएको भन्दै प्रदेश सभा सदस्यहरूले बताएका छन्। उनीहरूले समितिमा छलफल गरेर मात्रै ऐन संशोधन गर्नु पर्ने अडान राखेका छन्।

    राजनीति सहमतिको आधारमा प्रक्रिया अनुसार प्रदेश निजामती सेवा ऐनलाई संशोधन सहित पारित गरिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए।

    प्रदेश निजामती सेवा ऐनमा लेखा समूहका कर्मचारीको आन्दोलनलाई सम्बोधन गर्ने गरी संशोधन गरिएको छ। लेखा समूहको वृत्ति विकास नै रोकिएको भन्दै सो समूहका कर्मचारी लामो समयदेखि आन्दोलित छन्।

    आज प्रदेश सभामा पेस हुने प्रदेश निजामती सेवा ऐनलाई सैद्धान्तिक छलफलपछि ७२ घण्टाको संशोधनको समय दिएर १९ गते पारित गर्ने गरी कार्य व्यवस्था समितिमा छलफल भएको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए।

    कर्मचारीहरूको मनोबल उच्च राख्ने गरी ७२ घण्टाको संशोधनलाई समय दिइने र त्यही बेला दलीय सहमतिको आधारमा ऐन संशोधन भएर जाने उनले बताए।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख २७, २०८२ (मे १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पूर्वराजालाई जरिवाना : राजावादी समर्थकले संकलन गरे रकम, तर महानगरसँग चर्कियो असहमति

    काठमाडौं, वैशाख २६ – चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनलाई लिएर महानगरपालिकाले पूर्वराजा...

    भारत–पाकिस्तान तनावका कारण मध्यपूर्वबाट नेपाल आउने हवाई मार्ग लम्बियो, भाडा बढ्ने सम्भावना

    काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तथा सैनिक तनावले हवाई आवागमनमा प्रत्यक्ष...

    आरआर क्याम्पसमा तोडफोड : नेविसंघका १९ जना कार्यकर्तामाथि पक्राउ पुर्जी जारी

    काठमाडौं, वैशाख २६ – प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा केही दिनअघि भएको तोडफोड घटनामा संलग्न रहेको...

    श्वेतपत्रले खोल्यो विद्युत् प्राधिकरणको वास्तविक अवस्था : मन्त्री दीपक खड्का

    काठमाडौं, वैशाख २६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको आर्थिक तथा प्रशासनिक...