News Portal

मालिक मारिएको सडक छेउमा ८० दिनदेखि कुरिरहेको कुकुर, जसले दुनियाँको मन जित्यो !

हिमाली संचार संवाददाता
६१९ पटक

बीबीसी– चीनमा एक कुकुरले ८० दिनदेखि एक व्यस्त सडक छेउमा आफ्नो मालिक कुरिरहेको खबरले त्यहाँको अनलाइन समुदायको मन जितेको छ ।  घटना चीनको भित्री मंगोलियन प्रान्तको होह्होटको एक व्यस्त सडकको हो । उक्त सडक खण्डमा ८० दिनदेखि मालिक कुरिरहेको एक कुकुरको भिडियो फुटेज चीनको चर्चित सामाजिक सञ्जाल सिना वेइबोमा १४ लाख पटक हेरिसकिएको छ ।

चीनको भिडियो वेभसाइट पियरमा बताइएअनुसारमा २१ अगस्टमा आफ्नो मालिक सोही स्थानमा मारिएपछि उ प्रत्येक दिन सडकमा देखिएको छ ।  एक ट्याक्सी ड्राइभरले बताएअनुसार मानिसहरुले कुकुरलाई सहयोग गर्न खोज्दा कुकुर भाग्नेगर्छ ।

‘हामी ड्राइभरहरुले त्यो सानो कुकुरलाई केही न केही खाना दिन्थ्यौं, तर हामी गाडिबाट बाहिर निस्कनासाथ त्यो भाग्थ्यो,’ उनले भने ।  ‘उसको र मालिकको सम्बन्ध एकदम गहिरो थियो । उनी मारिएपछि उनको यो कुकुर सुरक्षा दिएझैं यहाँ उभिइरहेको छ । प्रत्येक दिन म यसलाई सडक छेउमा उभिरहेको देख्छु । मालिक र कुकुरबीचको सम्बन्ध निक्कै साँचो देखिन्छ,’ सोही ड्राइभरले भने ।

सिना वेइबोमा शेयर भएको भिडियो तीन दिनअघि नोभेम्बर १० मा खिचिएको थियो । उक्त वेबसाइटमा प्रयोगकर्ताहरु कुकुरको बफादारिताको तारिफ गरिरहेका छन् ।  एकजनाले लेखेका छन्, ‘यो सानो कुकुर कति धेरै बफादार रहेछ । मेरो परिवारको पनि एक कुकुर थियो । त्यसले हरेक दिन मलाई गाँउको स्कुल छेउमा पर्खिने गथ्र्यो ।’

अर्का प्रयोगकर्ताले यसको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘त्यसरी सडकको बीचमा उभिनु कुकुरको लागि खतरनाक छ । कुनै असल व्यक्तिले यसलाई पाल्न लगे हुने, त्यसरी पो यो बढी सुरक्षित हुन्थ्यो कि ।’ तर यो कुकुर चीनको समाजिक सञ्जालका प्रयोगकर्ताको मन जित्ने पहिलो कुकुर भने होइन ।

यो वर्षको शुरुमा पियर भिडियो प्रयोगकर्ताहरुमाझ एक बुढो कुकुरको चर्चा भएको थियो । साओङसाओङ नामक उक्त कुकुर आफ्नो मालिक कामबाट घर नआएसम्म एक ट्रेन स्टेसनमा धैर्यतापूर्वक कुरेर बस्थ्यो ।

जापानमा ‘हाचिको द अकिता’ नाम गरेको एक कुकुर आफ्नो बफादारिताको लागि १९२० को दशक चर्चित भएको थियो । हाचिको प्रत्येक दिन कामबाट फर्किएका आफ्नो मालिकलाई रेल स्टेशनमा लिन जान्थ्यो । उसले आफ्नो मालिक मरेको ९ वर्षपछि सम्म उक्त रेल स्टेशन धाइरहेको देखिन्थ्यो ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...