News Portal

डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर

अघिल्लो निर्वाचनमा हस्तक्षेप गरेको आरोप

हिमालीसंचार संवाददाता
२६७ पटक

एजेन्सी। सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरिएको छ।

अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले ट्रम्पविरुद्ध उक्त अभियोगसहितको मुद्दा दायर गरेका हुन्, जसमा ट्रम्पविरुद्धको चार आपराधिक मुद्दा र यौन दुर्व्यवहारलाईसमेत समेटिएको छ।

ट्रम्पले सन् २०२० को निर्वाचनमा आफूले कुनै पनि हस्तक्षेप नगरेको भन्दै आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन्।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको दौडमासमेत रहेका ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी जनताको ध्यान भंग गर्न र आफूलाई कमजोर बनाउन खोजिएको टिप्पणी गरेका छन्।

अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। उनको प्रतिद्वन्द्वकी रूपमा डेमोक्र्याटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बनाएको छ।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...