News Portal

डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर

अघिल्लो निर्वाचनमा हस्तक्षेप गरेको आरोप

हिमालीसंचार संवाददाता
३२६ पटक

एजेन्सी। सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरिएको छ।

अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले ट्रम्पविरुद्ध उक्त अभियोगसहितको मुद्दा दायर गरेका हुन्, जसमा ट्रम्पविरुद्धको चार आपराधिक मुद्दा र यौन दुर्व्यवहारलाईसमेत समेटिएको छ।

ट्रम्पले सन् २०२० को निर्वाचनमा आफूले कुनै पनि हस्तक्षेप नगरेको भन्दै आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन्।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको दौडमासमेत रहेका ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी जनताको ध्यान भंग गर्न र आफूलाई कमजोर बनाउन खोजिएको टिप्पणी गरेका छन्।

अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। उनको प्रतिद्वन्द्वकी रूपमा डेमोक्र्याटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...