News Portal

युरोपाटिका सम्पादक युवा पत्रकार रेग्मी सम्मानित

हिमालीसंचार संवाददाता
६८६ पटक

कुवेत सिटी, कुवेत। धुन नेपाल कम्पनीद्वारा मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रमको आयोजना गरेको छ।

अवार्ड कार्यक्रममा बिभिन्न बिधामा कार्यरत ब्यक्ति हरुलाइ संस्थाले सम्मानित गरेको छ। सम्मानित हुनेमा युरोपबाट प्रकाशित भैरहेको डिजिटल अनलाइन पत्रिका युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेग्मी पत्रकारिता सम्मानपत्रबाट सम्मानित भएका छन्।

रेग्मी युरोपाटिका सम्पादक तथा अन्य विभिन्न मिडियामा समेत कलम चलाउछन। रेग्मीले युरोपमा रहेर युरोपमा भएका सत्य तथ्य घटनाका बारेमा लगाएत अन्य बिधामा समेत कलम चलाएको मुल्यांकन गरि सो संस्थाले उनलाइ सम्मानित गरेको बताएको छ।

बिदेशी भुमिमा रहेर आफ्नो काममा ब्यस्त रहेता पनि समय निकालेर रेग्मी समसामयिक घटनालगायत युरोपमा हुने गरेका सत्यतथ्य बिसयमा उनले कलमको माध्यमबाट आवाज उठाउने गरेका छन।

रेग्मीले युरोपमा रहेका आवाज बिहिनहरुका आवाजलाई बाहिर ल्याउने प्रयास गरिरहेका हुनाले संस्थाले सम्मानित गरेको उनको भनाइ छ।

युरोपबाट प्रकाशित युरोपाटीले छोटो समयमा नै धेरै पाठकहरूको मन जित्न सफल भएको छ। युरोपाटी अहिले युरोपमा मात्र नभई विश्वभरका घटनाहरूलाइ समेत उजागर गर्न सफल भएको छ।

अवार्ड कार्यक्रममा जनसम्पर्क समिति कांग्रेस सभापति चोलाकान्त पङ्गेनी, आर.टी.एफ.सी फुटबल क्लब अध्यक्ष राजु तामाङ, उग्रतारा रेस्टुरेन्ट केलका टेकबहादुर टमोटा र पूर्वमहिला संयोजक गैरआवसीय नेपाली सघ मलेसियाका मिरा गिरी पुरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

धुन नेपाल कम्पनीले हरेक बर्स कार्यक्रम गरि विभिन्न संस्थाका योग्य ब्यक्तिहरुलाइ मुल्यांकन गरि संम्मानित गर्दै आएको छ। कुल राज पोखरेलको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...