News Portal

अभिनेत्री आशा शर्माको ८८ वर्षको उमेरमा निधन

समिर कुमार अधिकारी (द्रुपद) ,धादिङ
२४८ पटक

काठमाडौं -८८ वर्षीया अभिनेत्री आशा शर्माको निधन भएको छ । सिने एण्ड टिभी कलाकार संघले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गर्दै यो जानकारी दिएको हो । यद्यपि अभिनेत्रीको मृत्युको वास्तविक कारण भने खुलेको छैन ।

आशा शर्माले धेरै टिभी शो र फिल्ममा काम गरिसकेकी छिन् । उनी सन् २०२३ मा आएको फिल्म आदिपुरुषमा शबरीको भूमिकामा देखिएकी थिइन् ।

संघले आइतबार दिउँसो ३ः०१ बजे आफ्नो एक्स ह्याण्डलमा ट्वीट गर्दै आशा शर्माको निधनको जानकारी दिएको थियो । संघले नायिकाको निधनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

आशा शर्माले १३ वर्षको उमेरमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । उनी फिल्म र टिभी कार्यक्रमहरूमा आमा र हजुरआमाको भूमिका खेल्नका लागि परिचित थिइन् । उनले धर्मेन्द्र र हेमा मालिनीको फिल्म ‘दो दिशा’मा पनि काम गरेकी थिइन् । फिल्ममा प्रेम चोपडा, अरुणा इरानी र निरुपा रोय जस्ता कलाकारहरू पनि थिए।
यस बाहेक आशा शर्माले मुझे कुछ कहना है, प्यार तो होना ही था र हम तुम्हारे है सनम जस्ता फिल्ममा पनि देखिएकी थिइन् ।

आशा शर्मालाई दर्शकले सानो पर्दामा धेरै देखेका छन् । उनले मनकी आवाज प्रतिज्ञा, कुमकुम भाग्य जस्ता टिभी शोमा काम गरिसकेकी छन् ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...