News Portal

  • स्वर्गीय सन्तोष बानियाँको सृजनामा “चोट” सार्बजनिक (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ६०९ पटक

    काठमाडौँ :  नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिंदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली’ माया प्रेमका भाब समेटिएको कारुणिक गीत “चोट” बजारमा आएको छ । यस गीतमा बिगत निकै लामो समय यता संचार क्षेत्रमा क्रियासिल एवं लोक प्रिय सर्जक साहस भट्टको लय रहेको छ । उनले यस अगी पनि व्यथा निकै छ, सानु तिम्रै नाम छ, मुटुको घाउ, जामाना नि के आयो लगाएतका थुप्रै गीतहरुमा आफ्नो सिर्जना सजाएर बजारमा पठाइसकेका छन् ।

    त्यसै गरी “चोट” बोलको गीतमा नेपाली लोक तथा दोहोरी गीत संगीतमा नै आफ्नो जिबन समर्पण गरेका सर्जन सन्तोष बानियाँले यस गीतमा शब्द भरेका छन् । सर्जक सन्तोषको केहि महिना अगाडी मलेसियामा रहंदा निधन भैसकेको छ । तसर्थ उनको सृजनाले सजिएको यो गीत नै सायद अन्तिम सिर्जना हुन सक्दछ ।

    स्वर्गीय सन्तोषले बिभिन्न गीत संगीतमा आफ्नो सिर्जना सजाउनु मात्र होइन केहि गीतमा स्वर पनि भरिसकेका छन् । कुलेंद्र बिस्वकर्मा र सिमा चन्द द्वारा स्वर बद्ध यस गीतको म्युजिक भिडियोमा आश लाग्दा नव मोडल बिस्व राईले अत्यन्त लोभ लाग्दो अभिनय गरेका छन् । साथमा सारिका के.सी को पनि निकै मन छुने अभिनय यस गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

    बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । हामो यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा यस गीतको पूर्ण सफलताको शुभकामान ब्यक्त गर्दछौं ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।
    https://youtu.be/cUbrs89mr00

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...