News Portal

  • जीबी राईमाथि अनुसन्धान गर्न प्रहरीलाई मलेसिया पठाउने तयारी

    हिमालीसंचार संवाददाता
    ३१३ पटक

    काठमाडौँ। सहकारी ठगीमा फरार गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी गरिएको छ।

    मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन गृह मन्त्रालयमार्फत पहल थालिएको हो।

    त्यसका लागि गृहमन्त्रालयले कुटनीतिक पहल थालेको छ। गृहले परराष्ट्र मन्त्रालयमार्फत नेपालको प्रहरी टोलीलाई मलेसियामा गएर अनुसन्धान गर्न त्यहाँको सरकारसँग पहल गर्नुपर्ने छ।

    राईविरुद्ध यसअघि इन्टर पोलबाट रेड कर्नर नोटिस जारी भएपनि नेपाल सरकारले उनलाई फिर्ता ल्याउन सकेको छैन। प्रहरी प्रधान कार्यालयले अनुसन्धान टोलीलाई मलेसिया पठाएर अनुसन्धान गर्न तीन महिनाअघि नै पहल गरेको थियो।

    तर, सरकार परिवर्तनले यो प्रकृया बीचमै रोकियो। केपी ओली सरकार आएपछि प्रहरी प्रधान कार्यालयले गृहमार्फत पुनस् पहल गरेको हो।

    नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले तीन महिनाअगाडिकै कुरा अहिले अगाडि बढेको बताए।

    ‘हामीले तीन महिनाअघि पत्राचार गरेका थियौँ। त्यो अहिले अगाडि बढेको हो’, उनले भने।

    राई मलेसियामा व्यवस्थितरूपमा बसिरहेको निष्कर्ष नेपाल प्रहरीको छ। मलेसिया सरकारले राईलाई नेपाललाई बुझाउन मानेको छैन।

    राई सुदर्शन सहकारीका सञ्चालक हुन्। ग्यालेक्सी टीभी सञ्चालक रहेको गोर्खा मिडियाको पनि अध्यक्ष उनी हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...