News Portal

इराक सरकारले ल्यायो ९ वर्षमै बिहे गर्न पाउने विवादास्पद कानुन

हिमालीसंचार संवाददाता
३५८ पटक

इराक। विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ।

यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन्। हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ।

इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको विधेयकमा विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन रोज्ने अधिकार दिइएको छ।

यसको महिला अधिकारकर्मीहरुले आलोचना गरेका छन्। यो कानुन पास भएमा ९ वर्ष पुगेका बालिका र १५ वर्ष उमेर पुगेका बालक विवाह गर्न योग्य हुनेछन्।

यसले बालविवाह बढ्ने चिन्ता छ। साथै यसले किशोरीहरुको शिक्षा, स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने मानवअधिकारवादी संघ सस्थाको चिन्ता छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...