News Portal

एनआरएनकाे सार्वोच्चको फैसला

एनआरएन हैसियत समाप्त भएको २०१५ पहिला नै मतदान गर्न छोडेका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको हैसियत केवल आमन्त्रित मात्र हो, मताधिकारको होइन। अन्यथा उनले आफू अध्यावधिक एनआरएन भएको प्रमाणित गर्नुपर्छ।

कृष्ण केसी
४६३ पटक

काठमाण्डौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को होटल याक एण्ड यतिमा सम्पन्न १० औं महाधिवेशनलाइ आधिकारिकता पाउनुपर्ने निवेदको विनोद कुँवर पक्षले दिएको निवेदनको फैसला भएको पूर्णप्रति आएको छ।

यो फैसला आएसंगै एनआरएनएलाइ कब्जामा लिएर व्यक्तिगत रुपमा फाइदा लिने रसियन माफियाहरुको कालखण्ड पनि समाप्त भएको छ। अबको कालखण्ड भनेको वास्तविक रुपमा एनआरएनहरुको सुरुवातको हुनेछ।

यति मात्र होइन यो फैसलाको प्रति आएसँगै रसियन माफियाहरुको भने मुटुले ढ्यांग्रो ठोक्न थालेको छ। उनीहरुको लागि यो जीवन मरणको कुरा हो भने आम एनआरएनको लागि भने यो केवल विधिवत रुपमा हुने महाधिवेशन हो।

अदालतको फैसला सबैले मानुपर्छ तर एउटा प्रश्न भने उठेको छ। एनआरएन हैसियत समाप्त भएको २०१५ पहिला नै मतदान गर्न छोडेका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको हैसियत केवल आमन्त्रित मात्र हो, मताधिकारको होइन। अन्यथा उनले आफू अध्यावधिक एनआरएन भएको प्रमाणित गर्नुपर्छ। फैसला अनुसार मुख्यगरी ३ कुरा रहेका छन्।

१) अब हुने १० औं महाधिवेशनको कार्यविधि र नियमावली बनाउन पाउने। यसको अर्थ प्रतिनिधि, निर्वाचन प्रणालीको नयाँ ब्याख्या हुने।

२) राष्ट्रिय स्तरबाट आउने प्रतिनिधि या राष्ट्रिय महाधिवेशनका कुरा अब झन् सहज भएको छ। नयाँ बनेको कार्यविधि-नियमावली अनुसार निर्देशन गर्ने।

३) फेब्रवरी २०२५ भित्रमा १० औं महाधिवेशन सम्पन्न हुने।

फैसलाको पूर्णप्रतिमा थपिएर आउनुपर्नेमा एउटा कुरा घटेर आएछ। पहिला समितिको पहिलो बैठक बसेको ६ महिना भित्रमा महाधिवेशन सम्पन्न गर्ने थियो। अहिले फैसलाको ३० दिनभित्रमा बैठक बस्ने र त्यसको ६ महिना भित्रमा महाधिवेशन पनि सपन्न गर्ने।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...