News Portal

यूएईका नेपालीमा रक्सी खाएर झगडा गर्ने प्रवृत्ति बढेपछि दूतावासकाे सूचना

हिमालीसंचार संवाददाता
५०१ पटक

फाईल तस्बिर।

अबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूमा मादक पदार्थ पिएर झैझगडा गर्ने प्रवृत्ति बढेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले सूचना जारी गरी सचेत गराएको छ।

सूचनामार्फत दूतावासले नेपालीहरूलाई आफू बस्ने र काम गर्ने ठाउँमा सभ्य व्यवहार प्रदर्शन गर्न अनुरोध गरेको छ।

‘हालका दिनमा नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको जानकारी यहाँको सम्बन्धित निकायबाट प्राप्त हुन आएको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्समा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू नेपालका सद्‌भावना राजदूतका रूपमा रहेको हुँदा आफू रहे/बसेको र कार्य गर्ने स्थलमा सभ्य व्यवहार प्रदर्शन गर्न नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ।’

यस्तै दूतावासले आफ्नो कार्यालय परिसर बाहिर पनि मादक पदार्थ खाएर वा नखाई हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको पाइएको भनी कारबाही हुने चेतावनी पनि दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...