News Portal

बंगलादेशमा सैनिक कू, अन्तरिम सरकार गठन गरिने

हिमालीसंचार संवाददाता
४०८ पटक

ढाका। बंगलादेशमा सैनिक “कू” भएको छ। देशवासीका नाममा केहीबेर अघि सन्देश जारी गर्दै प्रधानसेनापति वाकेर उज जमानले शासन व्यवस्था लिएको घोषणा गरेका छन्।

उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको पुष्टि गर्दै तत्कालै अन्तरिम सरकार गठन हुने पनि घोषणा गरेका छन्। सैनिक कुसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ।

कोटा प्रणालीको खारेजी माग गर्दै विद्यार्थीले सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबारै देश छाेडेकी थिइन्। प्रधानसेनापतिले धैर्य गर्न सबैमा अपिल गरेका छन्।

असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतबार मात्रै कम्तीमा ९८ जनाले ज्यान गुमाएका थिए। सोमबार ४ लाखभन्दा बढी प्रदर्शनकारीले प्रधानमन्त्री, मन्त्री, सांसदहरूको घर र कार्यालय घेराउ गरेका थिए।

एक महिनाअघि आन्दोलन सुरु भएदेखि हालसम्म कम्तीमा पनि तीन सयजनाको मृत्यु भइसकेको छ। हालसम्म कम्तीमा ११ हजारजना प्रदर्शनकारी विद्यार्थी र राजनीतिक कार्यकर्ता गिरफ्तारीमा परेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...