News Portal

  • बेलायतमा हिंसात्मक प्रदर्शन, ९० जनाभन्दा बढी पक्राउ

    हिमालीसंचार संवाददाता
    ३४१ पटक

    लण्डन। अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन्।

    हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टमा पसलहरू लुटिएका थिए भने प्रहरी अधिकारीहरूमाथि आक्रमण गरिएको बीबीसीले जनाएको छ।

    प्रधानमन्त्री केयर स्टारमरले घृणा फैलाउन खोज्ने चरमपन्थीविरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्।

    साउथपोर्ट, मर्सिसाइडमा सोमबार टेलर स्विफ्ट थिम पार्टीमा तीन बालिकाको हत्या भएपछि तनाव निकै बढेको छ।

    लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो। कुर्सी प्रहार गर्दा एक प्रहरीको टाउकोमा चोट लागेको छ भने अर्कोलाई लात हानेर बाइकबाट झारिएको थियो।

    मर्सिसाइड प्रहरीले केही प्रहरी घाइते भएको पुष्टि गरेको छ। दुई जना कामदारलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। एक कामदारको नाक भाँचिएको र अर्को कामदारको बङ्गारा भाँचिएको आशंका छ।

    मर्सिसाइड प्रहरीले २३ जनालाई पक्राउ गरेको जनाएको छ। बेलायती प्रधानमन्त्री केयर स्टारमरका प्रवक्ता कियर स्टारमरका अनुसार शनिबार बसेको सरकारी मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार र हिंसा दुई फरक कुरा भएको बताएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...