News Portal

बेलायतमा हिंसात्मक प्रदर्शन, ९० जनाभन्दा बढी पक्राउ

हिमालीसंचार संवाददाता
४०२ पटक

लण्डन। अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन्।

हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टमा पसलहरू लुटिएका थिए भने प्रहरी अधिकारीहरूमाथि आक्रमण गरिएको बीबीसीले जनाएको छ।

प्रधानमन्त्री केयर स्टारमरले घृणा फैलाउन खोज्ने चरमपन्थीविरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्।

साउथपोर्ट, मर्सिसाइडमा सोमबार टेलर स्विफ्ट थिम पार्टीमा तीन बालिकाको हत्या भएपछि तनाव निकै बढेको छ।

लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो। कुर्सी प्रहार गर्दा एक प्रहरीको टाउकोमा चोट लागेको छ भने अर्कोलाई लात हानेर बाइकबाट झारिएको थियो।

मर्सिसाइड प्रहरीले केही प्रहरी घाइते भएको पुष्टि गरेको छ। दुई जना कामदारलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। एक कामदारको नाक भाँचिएको र अर्को कामदारको बङ्गारा भाँचिएको आशंका छ।

मर्सिसाइड प्रहरीले २३ जनालाई पक्राउ गरेको जनाएको छ। बेलायती प्रधानमन्त्री केयर स्टारमरका प्रवक्ता कियर स्टारमरका अनुसार शनिबार बसेको सरकारी मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार र हिंसा दुई फरक कुरा भएको बताएका थिए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...