News Portal

राष्ट्रपतिमा कमला ह्यारिसलाई ओबामाको समर्थन

हिमालीसंचार संवाददाता
३९१ पटक

एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन्।

राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन्।

पूर्वराष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले संयुक्त वक्तव्यमा अहिलेको संकटपूर्ण समयमा ह्यारिसको दूरदृष्टि, चरित्र र शक्तिको माग भइरहेको विश्वास व्यक्त गरेका छन्।

गत आइतबार राष्ट्रपति बाइडेनले आफू दौडबाट बाहिरिने घोषणा गरेपछि ओबामाले बाइडेनले दिएको निकासको प्रशंसा गरे पनि ह्यारिसलाई समर्थन गरेका थिएनन्।

ओबामाको समर्थनसँगै ह्यारिस अगस्टमा हुने पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवार बन्ने सम्भावना थप बलियो भएको छ।

बीबीसीका अनुसार ओबामाले शुक्रबार ह्यारिसलाई समर्थन गर्दा उत्साहित रहेको र चुनावमा निर्वाचित गराउन सक्दो भूमिका खेल्ने बताएका छन्।

‘हामी राष्ट्रपति बाइडेनसँग सहमत छौं’ ओबामा दम्पत्तिले भनेका छन्, ‘ह्यारिसलाई छनौट गर्नु बाइडेनका सबैभन्दा राम्रो निर्णयहरूमध्ये एक थियो। यो पुष्टि गर्न उनीसँग राम्रो क्षमता र अनुभव छ।’

ओबामा दम्पत्तिले ह्यारिसको क्यालिफोर्नियाका महान्यायाधिवक्ता, अमेरिकी सिनेटर र त्यसपछि उपराष्ट्रपतिको रूपमा गरेको काम सम्झँदै भने, ‘तर ह्यारिससँग अनुभव र पृष्ठभूमिभन्दा बढी दूरदृष्टि, चरित्र र सामर्थ्य छ जुन अहिलेको महत्वपूर्ण समयले माग गर्दछ।’

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...