News Portal

बंगलादेशबाट नेपाली बिद्यार्थीको उद्धार कसले गर्ने ?

हिमालीसंचार संवाददाता
६५८ पटक

काठमाडौं – बङ्गलादेशमा जारी आरक्षण कोटा प्रणाली बिरोधी आन्दोलनमा आरक्षण बिरोधी र आरक्षण चाहिन्छ भन्नेहरू एक आपसमा लड्दा ११५ जनाको मृत्यु र हजारौको संख्यामा घाइते भएको छ। आरक्षणको पक्षमा सरकारको पूर्ण समर्थन रहेका कारण प्रहरी हस्तक्षेप पनि भएको छ।

यस विषम परिस्थितिमा बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पुर्ण सरकारी तथा निजी बिश्व बिद्यालय र शैक्षिक संस्थाहरू बन्द गरेको साथै इन्टरनेट सेवा एबं टेलिफोन सेवा बन्द गरीएकोले नेपालबाट बंगलादेश पढ्न गएका एमबिबिएसका बिद्यार्थीहरूको अभिभावकहरु अत्यन्त चिन्तामा रहेको छन्।

यो जटिल अबस्थामा बङ्गलादेशमा अध्यनरत सम्पुर्ण नेपाली बिधार्थीहरुको अबस्था शान्ति, सुरक्षाको सुनिश्चिता गरी विधार्थीहरुलाई जति सक्दो चाँडो समन्वय एवं उद्दार गरी नेपाल ल्याउन पहल गर्नुपर्ने देखिन्छ। बिद्यार्थीहरूलाई नेपाल सुरक्षित ल्याउनका लागि कलेज प्रसाशन , बङ्गलादेशका लागि नेपाली राजदूतबास, परराष्ट्र मन्त्रालय, नेपाल सरकारका सम्पूर्ण सम्बन्धित निकायहरूले यथाशीघ्र पहल गर्न जरूरी छ।

अप्रिय घटना पछि मात्र पहल गर्ने प्रबृत्ति हटाई परिस्थितिको मुल्यांकन गरी विधार्थीहरुको मानसिकतामा नकारात्मक प्रभाव पर्नु अगाडि नै उनीहरुको जीवन रक्षा गर्न जरूरी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...