News Portal

ठमेल र दरबारमार्गका नाइट क्लब, डिस्को र बारमा प्रहरीको कडा निगरानी

हिमाली संचार संवाददाता
६३९ पटक

काठमाडौं -वेब क्लबमा छापा मार्दा नियन्त्रणमा लिइएका १८ वर्षमूनिका २३ जना किशोरकिशोरी । नियन्त्रणमा लिइएका केही किशोरीको उमेर १२ वर्ष मात्र ।

काठमाडौं । पछिल्लो समय ठमेल र दरबारमार्गका डान्सबार, नाइट क्लब, डिस्कोहरुमा १८ वर्षमूनिका किशोरकिशोरीहरुको भीड लाग्ने गरेको छ । १८ वर्षमुनिका किशोर–किशोरीलाई नाइट क्लब, डिस्को र बारमा प्रवेश गराउनु अवैध हो ।

तर मनोरञ्जनको बहानामा डिस्को र बारले १८ वर्षमूनिका किशोर–किशोरीलाई सजिलै प्रवेश गर्न दिन्छ । केही डिस्को र बारले त प्रायः शुक्रबारको दिन किशोर–किशोरीलाई लक्षित गरी डान्स पार्टीको आयोजना गर्छन्, जहाँ मदिरासमेत खुला गर्ने गरिन्छ ।

प्रहरीले बेलाबखत डिस्को र बारमा निगरानी बढाएर किशोर–किशोरीलाई प्रवेश गराउने डिस्को र बारलाई निरुत्साहित गराउने गरेको थियो । तर १८ वर्षमुनिका किशोर–किशोरीलाई डिस्को र बारको ढोका बन्द गराउने काम भने रोकिएन ।

गत असोज १० गते महानगरीय प्रहरी वृत्त दरबारमार्गले ठमेलको ज्याठामा रहेको वेब क्लबमा छापा मार्दा २३ जनालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका केही किशोरीको उमेर १२ वर्ष मात्र रहेको थियो ।

यस्ता घटनापछि प्रहरीले दरबारमार्ग र ठमेल अन्तर्गत एरियामा सञ्चालित रात्रीकालिन क्लब, डान्सबार, रेष्टुरेन्टहरुमा कडा निगरानी राख्न सुरु गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरी महानगरीय प्रहरी वृत, दरबारमार्ग, लैनचौर र कमलपोखरीले रेष्टुरेन्ट व्यवसायीहरुसँग एक खालको सहमति गराई निगरानी राख्न सुरु गरेको हो ।

दरबारमार्ग प्रहरी वृतका प्रमुख (डिएसपी) दानबहादुर मल्लको अध्यक्षतामा कात्तिक २० गते इन्सपेक्टर फलबहादुर तामाङ, डेजाभु क्लबका सञ्चालक पासाङ शेर्पा, क्लब वुड ल्यान्डका सञ्चालक नविन प्रधान, क्लब भिक्टीका सञ्चालक मनराज तामाङलगायतको उपस्थितिमा १८ वर्षमूनिका किशोरकिशोरीलाई नाइट क्लब, डिस्को र बारमा प्रवेश गर्न रोक लगाइने सहमति भएको छ ।

रेष्टुरेन्ट व्यवसायीहरुसँग १८ वर्षमूनिका किशोरकिशोरीहरुलाई प्रवेशमा रोकसँगै नाइट क्लब, डिस्को र बारमा व्यवस्थित पार्किङको व्यवस्था र लागुऔषध, हातहतियार, बालबालिका निषेधका संकेत सबैले देखिने गरी स्पष्ट रुपमा राख्नुपर्ने सहमति भएको डिएसपी मल्लले जानकारी दिए ।

फरेनहाइट क्लबबाट सुरुवात


ठमेलमा अत्याधुनिक शैलीबाट सञ्चालित फरेनहाइट क्लबले भित्र छिर्ने गेटमै स्पष्ट रुपमा देखिने गरी प्रहरीको नियम पालना गरेको छ ।

क्लबले हातहतियार, लागुऔषध, १८ वर्षमुनिका बालबालिका निषेधको संकेत, स्पष्ट रुपमा अनुहार देखिनुपर्ने र बाहिरबाट खानेकुरा लिएर जान नपाइने भन्दै गेटमा ब्यानर राखेको छ । सबैले नियम पानला गर्नैपर्छ : डिएसपी मल्ल
नाइट क्लब, डान्सबार र डिस्कोले यो नियम पालना गर्नैपर्ने डिएसपी मल्ल बताउँछन् । यदि कुनै क्लब, बार र डिस्कोले नियमलाई पालना गर्दैन भने प्रहरी एक्सनमा उत्रिने उनले बताए ।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...