News Portal

नोबेलको शिविरबाट लक्ष्मीमार्गका ४ सय बिरामी लाभान्वित

हिमाली संचार संवाददाता
७३२ पटक

रबिन्द्र बराल : मोरङको बेलवारी–११ लक्ष्मीमार्गमा नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । लक्ष्मीमार्ग स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा १ दिने स्वास्थ्य शिविर सञ्चालन गरी ४ सय ४३ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

उपचारका लागि गाउँ–गाउँबाट बिरामीहरु शिविरमा आएका थिए । शिविरमा ८९ जनाको भिडियो एक्सरे, २३ जनाको ईसीजी र १०६ जनाको ल्यावटेष्ट गर्नुका साथै शिविरमा उपचार हुन नसकेका ३० जनालाई नोबेल अस्पताल रिफर गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । ‘शिविरमा हाडजोर्नी, आँखा र छाला सम्बन्धि समस्याका बिरामीले बढी संख्यामा उपचार सेवा लिनुभयो उनले भने ।

नोबेल शिक्षण अस्पतालले ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँने उद्धेश्यले नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । नोबेल अस्पताल सञ्चालक डा.शर्माले अवलम्वन गरेको बिपन्न बिरामीलाई निःशुल्क र सहुलियत उपचार सेवा उपलब्ध गराउँने नीति अनरुप नोबेल अस्पतालले नियमित शिविर सञ्चालन गर्दै आएको हो ।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...